×

NMB BANK
NIC ASIA

जनकपुरधाम – प्रदेशसभा बैठकमा सांसदहरूले उठाउने सवालप्रति प्रदेश सरकारले ध्यान नदिने गरेको पाइएको छ ।

Muktinath Bank

सभाको बैठकमा शून्य समय, विशेष समय तथा ढ्याप–ढ्यापे समयमा प्रदेश सांसदले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउने गरेको भएपनि सरकारले सवालको जवाफ र समाधान सदनमा दिने गरेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसदले जनताको जनजीविकादेखि बढ्दो असुरक्षा, विभिन्न सरकारी कार्यालय संघीय सरकारद्वारा विस्थापन, विलय, विकास निर्माणको काममा हुने गरेको अनियमितता, प्रदेश सरकारले गर्ने खर्चमा भएको अनियमितता, स्थानीय तहमा भइरहेको काममा अनियमितता लगायतका प्रश्न उठाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

सदनमा प्रदेश सरकारका मन्त्री पनि उपस्थित हुन्छन् । सांसदले सदनमा बोलेका विषयको अभिलेख राख्न र नोट गर्न मन्त्रालयका प्रतिनिधि कर्मचारी पनि खटिएका हुन्छन् । तर, सरकारलाई लक्षित गरी सदनमा उठाइएका सवालमा सरकारले जवाफ दिने गरेको छैन ।

Vianet communication

सभामुख सरोजकुमार यादवले पनि सरकारका मन्त्रीलाई जवाफ दिन ‘रुलिङ’ गर्ने गरेका छैनन् । प्रदेशसभा सचिवालयका उपसचिव रञ्जित यादवले सरकारका मन्त्रीले सांसदले उठाएका प्रश्नका बारेमा जवाफ दिनुपर्ने दायित्व हुने बताए । कुनै पनि सांसदले सभामुखले रुलिङ गर्नुपर्यो भनेर हालसम्म माग नगरेकाले सभामुखले रुलिङ नगरेको उनी बताउँछन् ।

सदनको अधिवेशनका क्रममा सांसदले उठाउने सवाल मिडियामा समाचारका लागि मात्र रहने गरेको तथा मिडियामार्फत् जनतालाई थाहा दिन मात्रै बोल्ने गरेको देखिएको छ । न त सांसदले उठाउने गरेका सवालमा सरकारले एक्सन लिएको छ, न त सांसदले पनि सवाल सम्बोधन हुनुपर्छ भन्ने मानसिकताका साथ सरकारलाई बाध्य नै पारेको छ ।

कामविहीन सदन

प्रदेश सरकारले प्रदेश सभालाई काम उपलब्ध नगराउँदा सदन कामविहीन बनेको छ । सदनको बैठक पनि नियमित हुन सकेको छैन भने सदनमा सांसदको उपस्थिति पनि कम हुँदै गएको छ । शुरूशुरूमा सदनमा प्रायःजसो सबै सांसद उपस्थित हुने गरेका थिए भने हाल उपस्थिति घट्दै गएको छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका सांसद प्रह्लाद गिरिले भने, ‘सदन चल्ने भए कम्तिमा पनि ४–५ दिन नियमित चले त हुन्थ्यो, तर १ दिन चल्यो, त्यसपछि धेरै दिनका लागि स्थगित गरिन्छ ।’ यस्तो अवस्थामा आफूहरूलाई निर्वाचन क्षेत्रमा आउन–जान समस्या परेको गिरि सुनाउँछन् ।

‘कम्तिमा स्थायी राजधानीको विषयमा टुंगो लागे त कोठा भाडा पनि लिन सकिन्थ्यो, तर त्यसको टुंगो नलाग्दा कोठा भाडामा पनि लिन सकिएको छैन,’ उनले भने । सदनकै लागि जिल्लाबाट आउनुपर्यो र सोही दिन फर्केर जानुपर्ने हुनाले समस्या भइरहेको उनले बताए ।

कतिपय सांसदले जनकपुरधाममा कोठा भाडा लिएका छैनन् ।  सदन चलेकै दिन आउने–जाने गरेका छन् । कतिपय बाहिर जिल्लाका सांसदले कोठा भाडामा लिएपनि स्थायी रूपमा बस्न सकेका छैनन् । ‘कोठा भाडामा लिएपनि खासै बसिएको छैन,’ सांसद रुबी कर्णले भनिन् । उनको जस्तै अन्य सांसदको पनि भनाइ छ ।

११ वटा विधेयक पारित 

प्रदेश सभाको बैठकबाट हालसम्म ११ विधेयक पारित भएका छन् भने ३ विधेयक विभिन्न समितिमा छन् । प्रदेश आर्थिक कार्यविधि विधेयक, प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।

त्यसैगरी, प्रदेश सभाको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयक, आर्थिक विधेयक, वित्तीय हस्तान्तरण सम्बन्धी बनेको विधेयक पारित भइसकेको  छ । नीति आयोगको गठन तथा कार्यसञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभा कार्यसञ्चालन नियमावली समेत प्रदेश सभाबाट पारित भइसकेको छ ।

प्रदेश मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक अहिले समितिमा रहेको छ । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी सभापति रहेको समितिमा संघीय समाजवादी फोरम नेपालका संजयकुमार यादव, राजपा नेपालका रानीकुमारी तिवारी, नेकपा एमालेका गोविन्दबहादुर न्यौपाने, माओबादीबाट रुबीकुमारी कर्ण र नेपाल संघीय समाजवादीबाट सावित्रीदेवी साह सदस्य रहेका छन् ।

६० दिनको म्याद पाएको समितिले कार्यसम्पन्न गर्न नसकेपछि १४ साउनको बैठकबाट ४५ दिनको लागि म्याद बढाइएको छ । सभापति चौधरीका अनुसार शुरूमा फोरमका सांसद बैठकमा कहिल्यै पनि उपस्थित नभएका कारण नियमित बैठक नबसेपनि अब सबै सरोकारवाला पक्षसँग छलफललाई तीब्र बनाइएको छ, छिट्टै समितिले आफ्नो काम सम्पन्न गर्नेछ ।

प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि समितिमा छ । फोरमका सचेतक शैलेन्द्रकुमार यादव, राजपाका सुरिता साह, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, एमालेका नेता सत्यनारायण मण्डल, माओवादी दलका नेता रामचन्द्र मण्डल, नेपाल संघीय समाजवादीका सावित्रीदेवी साह सदस्य रहेको समितिको एउटा पनि बैठक बस्न सकेको छैन ।

प्रदेशको गाउँ, नगर र जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पनि समितिमै रहेको छ । माओवादीका रामचन्द्र मण्डल, फोरमका शैलेन्द्र यादव, कांग्रेसका उपेन्द्र कुशवाहा, एमालेका सुन्दरबहादुर विश्वकर्मा र नेपाल संघीय समाजवादीका सावित्रीदेवी साह सदस्य छन् ।

प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक र आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक दर्ता भएर प्रदेश सभाको बैठकमा सैद्धान्तिक छलफल समेत भइसकेको अवस्था छ ।

प्रदेशसभा सचिवालयका उपसचिव रञ्जितकुमार यादवका अनुसार प्रदेश सरकारमा विधेयक मस्यौदाकर्ताको अभाव, कर्मचारीको अभावका कारण पनि सदनले काम पाउन सकेको छैन । त्यसैले सदनको बैठक नियमित रूपमा सुचारु हुन सकेको छैन । अब एकैसाथ ३ वटा विधेयक सदनमा दर्ता हुने तयारी सरकारले गरेको हुँदा सदनले छिट्टै काम पाउने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x