मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
बुटवल – नेपाली कांग्रेस रूपन्देही स्थानीय तहले जनताको ढाड सेक्ने गरी करको दायरा वृद्धि गरेको भन्दै सडकमा उत्रिएको छ ।
सडकमा केन्द्रदेखि स्थानीय तहले कर बढाएको भन्दै पुष्पलाल पार्कदेखि जुलुस निस्केर बुटवल उपमहानगरपालिमा ज्ञापनपत्र बुझाएको छ । बुटवलको अस्पताल लाइनमा भेला भएका कांग्रेस नेता कार्यकर्ता नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कार्यकक्षमा गएर ज्ञापनपत्र बुझाएका थिए ।
नगर प्रमुख सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस नगर सभापति खेलराज पाण्डेले बहुमतको नाममा सहमति, सहकार्य र सरसल्लाहको संस्कृति त्यागेर उपमहानगरपालिका एकलौटी रुपमा अघि बढेको र जनताले थेग्नै नसक्ने गरी कर बढाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।
उनले नगरपालिकाले कर सम्बन्धमा गरेका निर्णय र कर पुस्तिका समेत सार्वजनिक नगरी वेभसाइडमा छ भनी गैरजिम्मेवार जवाफ दिने गरेको बताए । बुटवलमा ३५ सय प्रतिशतसम्म कर बढाएको कांग्रेस नेताको आरोप छ ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुवेदीले भने, ‘दल, संघसंस्था वा नागरिक समाज कसैलाई उपेक्षा गरी उपमहानगरपालिका अघि नबढेको र सबैसँग मिलेर सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यसैमा बुटवलको विकास र समृद्धि सम्भव छ भन्ने नीति अंगिकार गरेको छ ।’ उनले करका सम्वन्धमा बाहिर हल्ला भएजस्तो बृद्धि नभएको र कहीँ कतै नमिलेको भए सच्याउन सकिने बताए ।
धमाधम सूचना निकालेर करको दायरको जानकारी
देशभरका स्थानीय तहले करको दर वृद्धि गरेको भन्दै चौतर्फी विरोधका स्वरहरू आउन थालेपछि रूपन्देहीका केही स्थानीय तहले सूचना निकालेर आफूहरू लिने करको विवरण सार्वजनिक गरेका छन् । शुक्रबार बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले विज्ञप्ति प्रकाशित गरी करको दर वृद्धि नगरेको बरू केही करका दायरा घटेको देखाए ।
तिलोत्तमा नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्धविच्छेद, मृत्यु दर्ता, स्वास्थ्य सम्बन्धी सिफारिस निःशुल्क गर्ने सूचनामा उल्लेख छ ।
त्यसैगरी, निवेदन दस्तुर १० रुपैयाँ, नगरिकता प्रमाणपत्र सिफारिस, स्वदेशका लागि गरिने सामान्य सिफारिस, छात्रवृत्ति नेपाली भाषामा गरिसने सिफारिस १ सय ५० रुपैयाँका दरले लिइने छ भने नाता प्रमाणित गरेको २ सय ५० रुपैयाँ रहेको नगरपालिकाका कर अधिकृत इन्द्रदत्त सापकोटाले बताए ।
बुटवल उपमहानगरपालिकाले वडा नम्बर १ ले पनि सूचना निकालेर सेवा दिँदा लिने शुल्क सार्वजनिक गर्यो । जन्म, विवाह, बसाइसराइ, सम्बन्धविच्छेद, मृत्यु, छात्रावृत्ति सिफारिस सबै निःशुल्क रहेको वडा अध्यक्ष महेन्द्र लिगलले बताए ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...