पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भदौ २, २०७५
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी देवानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐनलगायत कानूनलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
ऐन कार्यान्वयनमा आएको अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यसमा केही कमजोरी भए आगामी दिनमा संशोधन गर्दै जाने स्पष्ट गर्नुभयो । “स्थानीय तह र प्रदेश सरकारलाई यस कानूनलाई कार्यान्वयन गर्न गराउन र जनतालाई यसका बारेमा जानकारी दिन म विशेष आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
तत्कालीन संसद्मा व्यापक छलफल भई ऐन विगत वर्षमा नै संसद्बाट पारित भए पनि शुक्रबारदेखि लागू भएको बताउँदै उहाँले यसका बारेमा अनावश्यक भ्रमका खेती नगर्न आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले नयाँ थिति, ऐन र नियम लागू गर्दा समाजमा केही असजिलो भए पनि यसलाई स्वाभाविक बनाउँदै लान आग्रह गर्दै ऐनमा केही कमजोरी, अपूर्णता, सामाजिक सम्बन्धमा अहित तथा आर्थिक–सामाजिक अधिकार खोसिने अवस्था आएमा सच्याउन सकिने जानकारी दिनुभयो ।
एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको कान्तिपुरमा खबर छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए ।
नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा नयाँ सफ्टवेयरसमेत भित्रिसकेको छैन ।
नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन शुक्रबार कानुन व्यवसायीका ‘ल फर्म’, प्रहरी कार्यालय र अदालत सुनसानजस्तै देखिए । कानुन व्यवसायीले नयाँ कानुनबारे सरोकारवाला अनभिज्ञ रहेकाले सम्पर्कमा आएजति सबै मुद्दा बिहीबारै प्रहरी र अदालत पठाइसकेका थिए । नेपाल बार एसोसिएसनका जिल्ला इकाई अध्यक्ष नन्द भण्डारीले नयाँ ऐनबारे सरोकारवाला सबै पक्ष अपडेट हुन बाँकी रहेको बताए ।
नेकपा प्रवक्ता विश्वकर्मा रिहा लगत्तै अदालतबाटै पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले रिहा गरे लगत्तै पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका विश्वकर्मालाई अदालतबाटै पुनः पक्राउ गरिएको हो ।
विश्वकर्मालाई काभ्रेमा रहेको एनसेल टावरमा आगजनी र तोडफोड गरेको आरोपमा पुनः पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । विश्वकर्मामाथि लागेको आरोपको काभ्रे प्रहरीले अनुसन्धान गरिएरहेको छ ।
प्रेमीद्वारा प्रेमिकाको हत्या
मोरङको ग्रामथान गाउँपालिका–३ सिद्राहामा शुक्रबार बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् ।
आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । प्रेमिकाले आफुलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको भट्टराईले स्वीकार गरेको प्रहरी उपरीक्षक केसीले बताए ।
सार्वजनिक यातायातमा स्मार्ट कार्ड
साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो ।
यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा स्मार्ट कार्डलाई अन्य क्षेत्रमा जस्तै पेट्रोलपम्प, पसल, पार्किङ, विद्यालय तथा कलेजमा समेत प्रयोग गर्न सकिने एनक्लाउड प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्मार्ट कार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो । जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ । स्मार्ट कार्ड अन्तर्राष्ट्रियस्तरअनुरूप पैसाको सट्टा अहिलेको प्रविधिअनुसार प्रयोग गर्न सकिन्छ । यो कार्ड बसका सहचालकसँग किन्न सकिनेछ ।
भारतीय व्यापारी गुप्ताविरुद्ध २ अर्ब ७२ करोडको राजश्व छली मुद्दा
राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका भारतीय व्यापारीविरुद्ध मुद्दा दायर भएको छ । भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ । बिगो र जरिवानाको मागदाबीका आधारमा राजश्व अनुसन्धानले चलाएको यो अहिलेसम्मकै ठूलो मुद्दा हो ।
सहलेखापाल र मेडिकल सहायक घुससहित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङ स्वयम्भूमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई घुससहित नियन्त्रणमा लिएको छ ।
ट्रायल परीक्षा उत्तीर्ण गरेका २६ परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रकम घुसबापत लिएको सूचनाका आधारमा आयोगको टोलीले उनीहरूलाई रु १६ हजार घुसबापतको रकमसहित सहलेखापालको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
प्रधानमन्त्रीले प्रदेश नं २ प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रदेश नं २ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्बोधनका लागि प्रधानमन्त्री ओली शनिबार बिहान जनकपरुधाम आउने प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख सरोजकुमार यादवका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ ।
सो सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ शाहले बताए ।
इमरान खान पाकिस्तानको प्रधानमन्त्री नियुक्त, आज शपथ हुने
पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । पाकिस्तान तेहरिक–ए–इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
राष्ट्रियसभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए ।
नवनियुक्त प्रधानमन्त्री खानको शपथ शनिवार हुनेछ । ६५ वर्षिय खानले पाकिस्तानलाई नयाँ पाकिस्तान बनाउने यसअघि नै बताउँदै आएका छन् ।
एशियाली खेलकुदको महाकुम्भ आजदेखि
एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने दिनेछन् ।
उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नेछन् । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।
उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एशियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...