×

NMB BANK
NIC ASIA

कर्णालीको विद्यालय : एक हातमा सीप, अर्काे हातमा पैसा !

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – सुन्दा पत्यार नलाग्न पनि सक्छ । कर्णाली प्रदेशको बराहताल गाउँपालिकामा एउटा यस्तो विद्यालय छ, जुन विद्यालयमा अध्ययन गरेर पैसा तिर्न ऋण काढ्न पर्दैन । बरु विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीले सीप सिकेर फर्कंदा पैसा लिएर फर्कने गरेका छन् ।

Muktinath Bank

सुर्खेतको बराहताल गाउँपालिकास्थित जनज्योति माध्यमिक विद्यालय बड्डिचौरमा पढिरहेका विद्यार्थीले एकातिर प्राविधिक सीप सिकिरहेका छन् भने अर्काेतिर पैसा कमाइरहेका छन् । वीरेन्द्रनगर–१५ गढीकी सीता राडीमगर जनज्योतिमै आइएस्सी एजीको अन्तिम वर्षमा अध्ययनरत छिन् । ३ वर्षको अवधिमा उनले किताबी ज्ञान मात्रै होइन, व्यावहारिक ज्ञान पनि सिकिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसहित ४ जनाले प्रगति कृषि समूह गठन गरेका छन् । समूहमार्फत् ३ वर्षदेखि उनीहरू कृषि कर्ममा छन् । पढाई पूरा गरेपछि आफ्नै गाउँमा गएर कृषि व्यवसाय गर्ने तयारीमा छन् विद्यार्थीहरू । ‘जागिर भनेको ‘अर्काको पाउमा गएर गिर’ भन्नु हो । हामी त्यस्तो गर्दैनौं,’ लोकान्तरसँग कुरा गर्दै सीताले भनिन्, ‘घरको बाँझो जमिनलाई अब उर्वर बनाएर आत्मनिर्भरताको बाटोमा अघि बढ्छौं ।’


Advertisment
Nabil box
Kumari

सीताको समूहमा बड्डीचौरकी डिलकुमारी डम्वरपाल, तनहुँकी ज्योति थापा र निशा गुरुङ छन् । ३ वर्षे कृषि जेटीए अध्ययनका लागि स्कूललाई १ लाख ८० हजार रुपैयाँ एकमुष्ट बुझाउनुपर्छ । ‘त्यो बाहेकको खर्च हामीले तरकारी र कुखुरा बेचेर जुटाउने गरेका छौं,’ निशा गुरुङले भनिन्, ‘पढ्दै, सिक्दै र आम्दानी गर्दै आएका छौं ।’

Vianet communication
Laxmi Bank

प्रगति कृषि समूहले वार्षिक १० हजार रुपैयाँ भाडामा जमिन लिएको छ । जमिनभरि तरकारी, खुर्सानी, विभिन्न जातका घाँस र नजिकैको घरमा कुखुरा फर्म छ । अहिले उनीहरूको परीक्षा चलिरहेकाले उनको कुखुरापालन कम भएको छ । हाल उनको फर्ममा ४८ वटा ब्रोइलर कुखुरा रहेका छन् । उनीहरूले २ वर्षको अवधिमा कुखुरा बेचेरै ५ लाख आम्दानी गरेको बताएका छन् ।

‘बड्डिचौरमा बस्दा कोठा भाडा, खाना र पकेट खर्च गरेर महिनामा १ जनाको खर्च १० हजार रुपैयाँ जति हुन्छ, यस्तो खर्चका लागि हामीले घर–परिवारको भर पर्नुपरेको छैन,’ ज्योति गुरुङले भनिन्, ‘सबै खर्च तरकारी खेती र कुखुरापालनको आम्दानीबाटै गर्दै आएका छौं ।’

वीरेन्द्रनगरका लक्ष्मण वली करीब १ वर्षअघि कृषि जेटीए अध्ययनका लागि बड्डीचौरको जनज्योति मावि पुगे । १८ महिने कृषि जेटीएका लागि स्कूल फी ५० हजार रुपैयाँ खर्च हुन्छ । प्राविधिक विषय भएकाले उनीसहितका ३ जनाले बिहानको अध्ययनलाई व्यवहारमा प्रयोग गर्ने निधो गरे । 

वलीले आफूसँगै अध्ययनरत विद्यापुरका तिलक सुवेदी र मनोज शाहीसँग मिलेर कृषि कर्म शुरू गरे । उनीहरूले अहिले त्यही कृषि फर्मबाट मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । यति मात्रै होइन, उनीहरूले प्राक्टिकल समेत त्यही फर्ममा गर्दै आएका छन् ।

स्कूल नजिकैको जमिन भाडामा लिएर उनीहरूले च्याउ, तरकारी, माछापालन, बंगुरपालन र कुखुरापालन गर्दै आएका छन् । उनको बारीमा टमाटर, भण्टा, खुर्सानी, बोडी लटरम्म फलेका छन् । अध्याँरो कोठामा च्याउ खेती छ । नजिकैको पोखरीमा माछापालन गरिएको छ । पोखरीमाथि बंगुरको खोर छ ।

‘३ जनाले डेढ लाख र विद्यालयबाट ४० हजार रुपैयाँ ऋण लिएर शुरू गरेको व्यवसायले १ वर्षमै १० लाख रुपैयाँभन्दा बढी आम्दानी भयो,’ सञ्चालक वलीले भने, ‘पढाइ र पकेट खर्च मात्रै होइन, केही पैसा बचाएर घरमा पनि पठाउने गरेका छौं ।’ १८ महिने कृषि जेटीएको पढाइ सकिएपछि उनीहरू फुख्र्यौली थलो फर्कने उनीहरूको भनाई थियो । ‘शुरूमा आउँदा पढेर जागिर खाने सोच थियो, अब जागिर खाने होइन, अरुलाई जागिर दिने अठोट लिएका छौं,’ तिलक सुवेदीले भने, ‘गाउँको बाँझो जमिनको सदुपयोग गर्दै कृषि कर्ममा लाग्छौं ।’

जनज्योति माविले १८ महिने, २९ महिने र ३ वर्षे कृषि जेटीए पढाइरहेको छ । ३ वटै प्राविधिकतर्फ ३ सय १३ जना विद्यार्थी छन् । यीमध्ये ४० जना भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थी छन् । हाल विद्यालयमा देशका २६ जिल्लाबाट अध्ययन गर्न आएका विद्यार्थी छन् । ती मध्येकी एक हुन्, गोरखाको धावा शोभित पोखरेल ।

आइएस्सी एजी पहिलो वर्षमा अध्ययन गर्दै गरेका उनलाई पढाइका साथै व्यक्तिगत खर्च कसरी जुटाउने भन्ने चिन्ता छैन । पढाइका साथै व्यक्तिगत खर्च जुटाउनका लागि उनले च्याउ खेती र कुखुरापालन गरेका छन् । ‘व्यवसायका लागि विद्यालयले ऋण दिएको छ,’ पोखरेलले भने, ‘त्यसैबाट आम्दानी गरेर पढाइ र पकेट खर्च जुटाउने गरेका छौं ।’ 

भक्तपुरका निरञ्जन खत्रीले च्याउ र तरकारी खेती शुरू गरेका छन् । ‘हाम्रो विषय नै कृषि हो, कृषि पढेर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा पनि उतार्नुपर्छ,’ उनले भने, ‘विद्यालयले जमिन र ऋण दिएको छ, हामीले आफूले पढेको विषयलाई व्यवहारमा लागू गर्नुका साथै आम्दानी पनि गरिरहेका छौं ।’ विद्यालयले ३ देखि ५ जनासम्मको समूह बनाएर कृषिकर्ममा लगाएको उनको भनाई छ ।

‘हाम्रो लक्ष्य विद्यार्थीलाई पढाइका साथै व्यावहारिक ज्ञान दिनु हो,’ विद्यालयका प्राचार्य नारायण सिग्देलले भने, ‘त्यसैका लागि प्राविधिक शिक्षा आर्जन गर्न आएका सबै विद्यार्थीलाई कृषि कर्ममा लगाएका छौं ।’ केही वर्षअघि विद्यालयले कृषि क्याम्पस स्थापनाका लागि बड्डीचौरमा महायज्ञ लगाएको थियो । सो महायज्ञमा स्थानीयले जमिनदेखि घरसम्म क्याम्पसका लागि दान गरेका थिए । विद्यालयले तिनै घर र जमिनलाई अहिले उपयोग गरिरहेको छ ।

प्राचार्य सिग्देलका अनुसार विद्यार्थीको छुट्टाछुट्टै समूह बनाएर विना ब्याजको ऋण दिने गरिएको छ । त्यस्तो ऋण विद्यार्थीले गरेको व्यवसायबाट तिर्नुपर्छ । उनले अहिलेसम्म १५ लाख रुपैयाँ विद्यार्थीका लागि ऋण लगानी गरिएको बताए । 

‘विद्यार्थीले जुन व्यवसाय गरिरहेका छन्, त्यसैबाट तिर्दै पनि आएका छन्,’ उनले भने, ‘विद्यालयले माछापालन, बंगुरपालन, मौरीपालन, बाख्रा, कुखुरापालन, तरकारी खेती, इँटा उद्योग सञ्चालन गरेको छ । ती सबैमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले काम गरिरहेका छन् ।’

विद्यालयको उद्देश्य विद्यार्थीले पढ्नका लागि लाग्ने स्कूल शूल्क र पकेट खर्चका लागि घर–परिवारको मुख ताक्न नपरोस् भन्ने रहेको उनले बताए । किताबी ज्ञान र प्रयोगात्मक सीपसँगै अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्चका लागि आत्मनिर्भर होउन् भन्ने आफूहरूको चाहना रहेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x