×

NMB BANK
NIC ASIA

अमेरिकामा आँधीको ताण्डब

असोज १, २०७५

NTC
Premier Steels

 अमेरिका- संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् । 

Muktinath Bank

दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो । सो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका समाचारहरु प्राप्त भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ । ती क्षेत्रमा आँधी पनि कायमै छ । आँधीले कैयौँ भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ । 


Advertisment
Nabil box
Kumari

टेक्सास राज्यका गभर्नर जर्ज अबोटले गत शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपतकालीन प्रभावित क्षेत्र घोषणा गर्नुभएको थियो । 

Vianet communication

सोमबार प्राप्त समाचारमा यहाँको दक्षिणपूर्वी क्षेत्रहरुमा अविरल बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरु फुट्ने र पहिरो जाने सम्भावना रहेको छ । 

अधिकारीहरुले प्राकृतिक प्रकोपका घटनामा अझ बृद्धि हुन सक्ने भन्दै यसप्रति सतर्कता अपनाउन पनि जोड दिएका छन् । यस प्रकोपले यहाँ अरबौँ अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । 

आँधीका कारण अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ । उत्तर र दक्षिणी क्यारोलिनामा अविरल वर्षा जारी छ । वर्षाका कारण ती क्षेत्रहरुका नदीको सतह अस्वाभाविक रुपमा बढेको छ । 

मौसमविद्हरुले वर्षा र बाढी अझै केही समयसम्म नरोकिने भन्दै नदी किनारका बस्तीहरुमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनीहरुले नदीको सतह बढेर बस्तीतिर पनि पस्न सक्ने खतरा रहेको र यदि यसो भयो भने यसले ठूलो विपत्ति निम्त्याउने बताएका छन् । 
मौसमविद्हरुले उत्तरी क्यारोलिना र दक्षिण पश्चिमी भर्जिनियामा बाढीका कारण पहिरो आउन सक्ने बताएका छन् । साथै उनीहरुले ती क्षेत्रमा अहिलेसम्मकै भारी वर्षा भएकाले सबै सर्वसाधारण नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन् । 
सरकारले ती क्षेत्रमा उद्धारका कामलाई पनि जारी राखेको बताएको छ । तर पनि भारी वर्षा र आँधीका कारण उद्धार कठिन भएको छ । आँधीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी क्यारोलिना हो । अधिकारीहरुले उत्तरी क्यारोलिनामा १० जना र दक्षिणी क्यारोलिनामा ५ जनाको ज्यान गएको बताएका छन् । 
अहिले नै निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रमा आँधीको सम्भावना अझै नटरेकाले नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ । 

गत वर्षको अगस्टमा पनि टेक्सासमा आएको शक्तिशाली आँधीले जनधनको ठूलो क्षति पु¥याएको थियो । टेक्सासमा गत वर्ष ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी आएको थियो । 

मौसम अधिकारीहरुले आँधीको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x