×

NMB BANK
NIC ASIA

सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना गरिने

असोज ५, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । सरकारी निकाय धमाधम सङ्घीय संरचनाअनुरूप अघि बढिरहेका बेला नार्कले पनि आफूलाई सङ्घीय संरचनामा ढाल्न निर्देशनालय स्थापनाको सोच अघि सारेको हो । 

Muktinath Bank

हाल मुलुकका ६२ जिल्लामा नार्कको सञ्जाल विस्तार भए पनि प्रदेशस्तरमा सङ्गठन छैन । नार्कका सूचना अधिकृत बाबुराम पौडेलले सङ्घीय संरचनाअनुरूप अघि बढ्न नार्कले सातै प्रदेशमा अनुसन्धान निर्देशनालय स्थापनाको तयारी थालेको बताउनुभयो । सातै प्रदेशमा अनुसन्धान निर्देशनालय जतिसक्दो छिटो निर्देशनालय स्थापना गर्न तयारी तीव्र पारिएको छ । प्रदेश नं १ मा सुनसरी, २ मा बाराको परवानीपुर तथा गण्डकी प्रदेशमा कास्कीको लुम्लेमा निर्देशनालय खोल्ने प्रस्ताव अघि बढाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नं ३ मा नार्कको मुख्यालय नै छ । प्रदेश नं ५ मा बाँकेको खजुरामा दिर्नेशनालय राख्ने सम्भावना छ । प्रस्तावले मूर्तरूप पाएमा कर्णाली प्रदेशको सुर्खेत कृषि केन्द्रको स्तरोन्नति भएर निर्देशनालयमा बदलिने छ । प्रदेश नं ७ मा अहिलेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीलाई अनुसन्धान केन्द्र बनाई कैलालीको मुसरियामा नयाँ कृषि अनुसन्धान निर्देशनालय खोल्न प्रस्ताव गरिएको छ । “प्रदेश अनुसार अनुसन्धान पनि फरकफरक हुनेछ,” पौडेलले भने ।


Advertisment
Nabil box
Kumari

प्रदेशको भूगोल र हावापानी फरकफरक भएकाले उद्देश्य पनि त्यहीअनुरूप तय गर्न लागिएको उनको भनाइ छ । 

Vianet communication

प्रदेश नं १ मा खुल्ने निर्देशनालयले बङ्गुर, चौँरी, स्याँबोचे, अलैँची, किबी, कागती र मुसुरोलाई विशेष महत्व दिनेछ । प्रदेश नं २ मा भैँसी, आँप, लिची, मसिनो धान, कागती र मुसुरो, प्रदेश नं ३ मा गाई, कुखुरा, कफी र किबी, प्रदेश नं ५ मा बाख्रा, कफी र मुसुरो, कर्णाली प्रदेशमा बाख्रा, जडीबुटी र स्याउ तथा प्रदेश नं ७ मा जैतुन, जडीबुटी, स्याउ, बाख्रा र मुसुरोलाई प्रमुख अनुसन्धानको केन्द्र बनाइने पौडेलले बताए ।

हालको बाख्रा अनुसन्धान केन्द्र बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान, कृषि अनुसन्धान केन्द्र राजिकोटलाई स्याउ अनुसन्धान तथा भेडा अनुसन्धान केन्द्र जुम्लालाई भेडा अनुसन्धान कार्यक्रमको रूपमा स्तरोन्नति हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x