×

NMB BANK
NIC ASIA

हचुवाकै भरमा रगत परीक्षण

असोज ६, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

ललितपुर–डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिनुभएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन । सवारी चालक अनुमतिपत्र बनाउनका लागि उहाँले हतारमा यातायात व्यवस्था कार्यालय परिसरमै भेटिएका एकजना स्वास्थ्यकर्मीबाट आफ्नो रगत समूह ‘बि पोजिटिभ’ भएको कागज बनाउनुभयो । 

Muktinath Bank

त्यतिबेला उहाँलाई चालक अनुमतिपत्रमा रक्त समूह किन राखिएको र त्यो गलत हुँदा के असरपर्छ भन्ने थाहा थिएन । चालक अनुमतिपत्रका लागि कागजात बुझाउँदा उहाँले ती स्वास्थ्यकर्मीले बनाएको कागज नै पेश गर्नुभयो । त्यही आधारमा चालक अनुमतिपत्रमा ‘बि पोजिटिभ’ लेखियो । उहाँले भन्नुभयो, “पहिले हतारमा उसै बनाएँ, अहिले आफ्नो वास्तविक रगत समूह फरक हो कि भन्ने चिन्ता छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मगरको रगतको समूहका बारेमा न उहाँ ढुक्क हुनुहुन्छ, न त उहाँलाई अनुमतिपत्र दिने यातायात व्यवस्था कार्यालय नै । यातायात व्यवस्था ऐनले सवारी चालक अनुमतिपत्र दिँदा चालकलाई विभिन्न किसिमका स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था छ । त्योमध्ये रगतको समूह जाँच पनि महत्वपूर्ण हो । तर कार्यालयले भने हचुवाका भरमा यात्रुलाई सवारी चालक अनुमतिपत्र दिने गरेको छ । 


Advertisment
Nabil box
Kumari

यात्रुले पनि हतारले रक्त समूह परीक्षण नगरी उसै फारम भर्ने गरेका हुन । यातायात व्यवस्था कार्यालयको भीडमा स्वास्थ्यकर्मी हुँ भन्दै रगतको समूह परीक्षण नै नगरी प्रमाणित गर्ने धेरै जना भेटिने गरेका छन् ।

Vianet communication
Laxmi Bank

तीनले पैसा कमाउनका लागि रगत परीक्षण नै नगरी यात्रुको रक्त समूह छुटाएर सही गरिदिन्छन् । कार्यालयले त्यसैलाई आधार बनाएर चालक अनुमतिपत्रमा रक्त समूह राख्दै आएको छ ।  जावलाखेल बस्दै आउनुभएका शशी खड्का सवारी चालक अनुमतिपत्र लिँदा रगत मात्रै नभएर अरु कुनै पनि खालको स्वास्थ्यपरीक्षण नहुने गरेको बताउनुहुन्छ । कार्यालयमा सधैंँ भीडभाड हुने हुँदा स्वास्थ्य परीक्षणका नाममा स्वास्थ्कर्मीले एक दुई अक्षर देख्ने वा नदेख्ने हेरेर नै स्वास्थ्य जाँच सकाउने गरेका छन् । 

उहाँले भन्नुभयो, “कार्यलयमा धेरै भीड पन्छाउन हतार होला तर हाम्रो त जीवनसँग जोडिएको हुन्छ, ।” स्वास्थ्य जाँचमा कार्यालय संवेदनशील हुनुपर्ने उहाँले बताउनुभयो । हतारमा स्वास्थ्य जाँच गराउँदा विभिन्न किसिमका समस्या आइरहेका छन् । समय समयमा अस्पतालमा चालक अनुमतिपत्रमा भएको रगतको समूहलाई सही मान्दा रक्त समूह फरक भएको घटनासमेत पाइएको छ । चालक अनुमतिपत्रमा रक्त समूह उल्लेख गर्नुको कारण कुनै दुर्घटना भइहाल्दा रक्त जाँच नगरी चालक अनुमतिपत्रका आधारमा रगत सङ्कलन गर्नु हो । 

खड्काले भन्नुभयो, “अहिले चालक अनुमतिपत्रलाई विश्वास गर्न मिल्ने अवस्था छैन ।” अनुमतिपत्रमा भएको रक्त समूह विश्वासिलो नभएपछि त्यसमा उल्लेख गर्नुको अर्थ नभएको उहाँले बताउनुभयो । यातायात व्यवस्था विभाग अन्तर्गतका बागमति अञ्चल कार्यालयको चालक अनुमतिपत्र शाखामा कार्यरत सूचना अधिकारी भक्त विष्टले स्वास्थ्य जाँच गर्न ठेक्कामा दिइने बताउनुभयो । जुन स्वास्थ्यकर्मीले जिम्मेवारी लिएको हुन्छ, गल्ती भएमा उसैले जिम्मेवारी लिनुपर्ने धारणा उहाँको छ । 

सूचना अधिकारी विष्टले भन्नुभयो, “ऐनले कार्यालयलाई भन्दा पनि गल्ती भएमा उसैले सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ ।” चिकित्सकले राम्रो ग¥यो वा गरेन भन्ने शंका गर्न नसकिने उहाँले बताउनुभयो । यातायात व्यवस्था कार्यलयमा पहिले धेरे खालका बिचौलिया हुने गरेका थिए । पछिल्ला समय नियन्त्रण नै नभए पनि कम हुँदै गएको कार्यालयले जनाएको छ । सेवा प्रवाहमा सहजता ल्याउनका लागि कार्यालयले टोकन प्रणाली लागू गरिएको छ । यसले कम समयमा सहज रुपमा काम हुन थालेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x