कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
वीरेन्द्र कटुवाल
भन्थे अग्रजहरू,
एक युगमा एक दिन एकचोटि आउँछ भनेर ।
लागेथ्यो,
यो युगको त्यो दिन आयो,
समाजवादको विमान चढेर ।
तरेर,
दुःख र दर्दका जँघारहरू,
सुस्ताएथ्यौं,
चहर्याएका आँतहरू बोकेर ।
र,
आशाको आँखीझ्यालबाट
बाटो हेरिबसेथ्यौं,
कतिबेला समृद्धिको घाम झुल्किन्छ भनेर ?
के थाहा ?
समाजवादमा आँसुको मूल्य,
पानीको जत्तिपनि हुन्न भनेर ।
के जान्नु ?
गरीबको राजमा यसरी,
न्याय किन्नै नसक्नेगरी महँगिन्छ भनेर ।
के पता ?
बेइमानहरू नै न्यायको छडी बोकेर,
निसाफ बेच्दै हिँड्छन् भनेर ।
के चिन्नु ?
यस्तो सत्ताको छद्मवेश,
जहाँ निसाफ खोज्दै हिँड्नुपर्छ,
बलात्कृत छोरीको लाश बोकेर ।
लाग्थ्यो,
ठोके कुलेलम सामन्ती छेपाराहरूले,
भागे,
जुकाहरू पोकापन्तरा बोकेर ।
भर्सेला परे नर्कतिर,
उडुस, उपियाँ र जुम्रा, हिजोका सबै मस्ती भुलेर ।
तर अचम्म,
अरिङ्गालले पनि आफ्नो रङ्ग फेर्दा र‘छन्,
कहाँ छेपाराले मात्रै र‘छ र ?
अवतार त,
जुका, उडुस, उपियाँ र जुम्राहरूको पनि हुँदोर‘छ,
कहाँ देवीदेउताहरूको मात्रै हुँदो र‘छ र ?
लागेथ्यो,
कर्मी मौरीहरू भित्रिए,
हातभरि ज्यावल र मनभरि जाँगर बोकेर ।
आशा थ्यो,
जोडिनेछन् अब जनजनका मनहरू,
विभेदका सीमारेखाहरू मेटेर ।
तर अपसोच,
सारमा त यी राता अरिङ्गाल पो र‘छन्,
आएका मौरीको रूप फेरेर ।
थाहा छैन ?
न्यायनिसाफ खोज्दै,
कतिसम्म अझै यसरी,
भौंतारिनुपर्ने हो मुसाफिर बनेर ?
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...