×

NMB BANK
NIC ASIA

दोस्रो विश्वयुद्धमा जर्मन सैनिकसँग सम्बन्ध राख्ने महिलामाथि भएको दुर्व्यवहारमा नर्वेले माग्यो माफी

कात्तिक १, २०७५

NTC
Premier Steels

काठमाडौं — नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले दोस्रो विश्वयुद्धमा जर्मन सैनिकहरूसँग सम्बन्ध राख्ने नर्वेली महिलाहरूमाथि भएको दुर्व्यवहारमा आधिकारिक क्षमायाचना गरेकी छन् । 

नर्वे त्यतिखेर तटस्थ मुलुक थियो र सन् १९४० को अप्रिलमा नाजी सेनाले उक्त देशलाई जितेका थिए । 

लगभग ५० हजार नर्वेली महिलाले जर्मन सैनिकहरूसँग शारीरिक सम्बन्ध बनाएको अनुमान गरिन्छ । 

नाजी नेता हाइनरिख हिम्लरले जर्मनहरूलाई नर्वेली महिलाबाट सन्तान जन्माउन समेत प्रेरित गरेका थिए । 

एडोल्फ हिटलरमुनि रहेर काम गर्नेहरूमध्ये हिम्लर सबभन्दा बढी शक्तिशाली थिए र उनी नर्वेली महिलालाई मन पराउँथे । आर्यन उच्च जातिसम्बन्धी नाजी अवधारणालाई प्रवर्द्धन गर्नका लागि उनीहरू उपयोगी हुने हिम्लरको सोच थियो ।

जर्मननियन्त्रित लेबेस्बोर्न प्रसूती गृहमा धेरै नर्वेली–जर्मन बालबालिका जन्मेका थिए । नाजीहरूले उक्त प्रसूती गृह सन् १९४१ मा स्थापना गरेका थिए । 

सैनिकहरूसँग सम्बन्ध बनाएका महिलालाई जर्मन केटीहरू भनी उपनाम दिइएको थियो । विश्वयुद्ध अन्त्य भएपछि उनीहरूलाई देशमाथि गद्दारी गरेको आरोप लगाउँदै प्रतिशोध लिइएको थियो । 

सजायस्वरूप उनीहरूलाई नागरिक अधिकारबाट वञ्चित गर्ने, थुनामा राख्ने वा देशनिकाला गरेर सन्तानसहित जर्मनी पठाउने कामहरू भएका थिए ।

नर्वेली प्रधानमन्त्रीको माफी सेन्टर फर होलोकास्ट एन्ड माइनोरिटी स्टडीजले प्रकाशन गरेको एक प्रतिवेदनका आधारमा मागिएको हो । त्यसमा नर्वेको युद्धोत्तर कार्यको विवरण छ । 

विश्वयुद्ध सकिएको ७० वर्ष बितिसकेको अवस्थामा त्यतिखेरको घटनाको प्रत्यक्ष असर परेका महिला जीवितै रहेर माफी सुन्ने सम्भावना कमै छ ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x