×

NMB BANK
NIC ASIA

‘अब्दुल कलाम’ खोज्दै माझी बस्तीमै मनाए चन्द्र भण्डारीले दशैं

कात्तिक ३, २०७५

NTC
Premier Steels

काठमाडौं – दशैंको टीकाको दिन शुक्रवार आम नेपालीलाई आफन्तको हातमा टीका थाप्ने दौडधूप थियो । तर, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई अर्कै चटारो थियो दशैंको दिनमा पनि ।

Muktinath Bank

पछिल्ला तीन वर्षदेखि नेता भण्डारीको दशैं गुल्मीको बढीगाड नदीको आसपासमा बस्ने बोटे, माझी र कुमाल बस्तीमा हुने गरेको छ । दशैंको अवसरमा उनले शुक्रवार मात्र ५ सय ५५ विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) र स्टेसनरी सामान बाँडेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंको टीकाको साइतमा उनी गुल्मीको रुरु गाउँपालिकाको लक्ष्मी निमावि र आटिपाटा प्राविमा रहेका बोटे माझीको बस्तीमा पुगेका थिए । छत्रकोट गाउँपालिकाको झेर्दी निवावि तथा चन्द्रकोट गाउँपालिकाको ज्ञानोदव मावि र बाल उद्यान प्राविका विद्यार्थीलाई भण्डारीले कपडा र स्टेसनरी सामग्री बाँडे ।


Advertisment
Nabil box
Kumari

दरवार देवीस्थान गाउँपालिकाको नरहरी मावि तथा माझी प्राविका बालबालिकालाई लुगा र स्टेसनरी सामान बाँड्दै माझी बस्तीमै उनले टीका लगाए ।  

Vianet communication

‘नेपाल नमूना देश हुन्थ्यो, नेपालका नेताहरूले जे गर्दा पनि सिकेनन्, न जेल थुन्दा सिक्छन् न सत्तामा पुग्दा,’ लोकान्तरसँग टेलिफोन कुराकानीमा भण्डारीले भने, ‘वरिपरि गरीब राखेर ठूलो महलमा बस्न रुचाउने नेताहरूबाट देश बन्दैन ।’ 

२०७० सालमा गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव जितेपछि भण्डारीले २०७३ सालदेखि माझी बस्तीमा दशैं मनाउन शुरू गरेका थिए । उनले आफ्नो तलब र भत्ता बोटे माझीका छोराछोरी पढाउनमा खर्च गर्ने बताएका थिए । 

‘आफन्तको हातबाट टीका लगाउन जान भ्याइन, माझी बस्तीमै रमाएँ,’ भण्डारीले भने, ‘दशैंमा गाउँमा जाने प्रत्येक परिवारले १ जना विद्यार्थीलाई शैक्षिक सामग्री लगिदिए मात्र पनि ५ वर्षमा गाँउमा आमूल परिवर्तन हुन्थ्यो ।’

कांग्रेस नेता भण्डारीले माझीका बालबालिका र महिलालाई टीका लगाएर जनही ५० रुपैयाँ दक्षिणा दिएका थिए । साथीभाइसँग चन्दा उठाएर भण्डारीले माझी बस्तीका महिलालाई समेत कपडा बाँडेका थिए । 

‘अवसर पाएमा यही माझी बस्तीमा कोही अब्दुल कलाम (वैज्ञानिक तथा पूर्वभारतीय राष्ट्रपति) जन्मिन सक्छ,’ भण्डारीले भने, ‘माझी बस्तीमा दशैं मनाउने कार्यक्रमलाई मैले नमूना कार्यक्रम बनाउन खोजेको छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x