×

NMB BANK
NIC ASIA

ज्ञानेन्द्रका अर्थमन्त्री रुप ज्योतिलाई नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी

मंसिर २०, २०७५

NTC
Premier Steels

काठमाडौं– नेपालको पुरानो व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिलार्इ पक्राउ गर्न पक्राउ पूर्जी जारी भएकाे छ । काठमाडाैं जिल्ला अदालतले रुप ज्याेतिलार्इ पक्राउ गर्न पूर्जी जारी गरेकाे हाे । 

Muktinath Bank

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका भनिएका रुप ज्योति (कंसकार)ले एउटा व्यक्तिबाट जग्गाको मूल्य लिएर अर्कैलाई बेचेको भेटिएपछि प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएकाे थियाे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भनेर ल्याण्डमार्क डेभलपर्स प्रा.लि.मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेपछि रुप ज्योतिविरुद्ध प्रहरीममा उजुरी परेको थियो । 


Advertisment
Nabil box
Kumari

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रा.लि.लाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

Vianet communication

प्रहरीले मल्लको उजुरीमाथि छानबिन गर्ने क्रममा उनलाई दिने भनिएको जग्गा रुप ज्योतिकै सक्रियतामा अर्कै कम्पनीलाई बिक्री गरेको पाइएको छ । 

प्रहरी स्रोतका अनुसार रुप ज्योतिले क्वालिटी डेभलपर्स प्रा.लि. नामको कम्पनी खडा गरेर मल्ललाई बिक्री गरेको जग्गा हडप्ने योजना बनाएका थिए । 

‘अहिलेसम्मको अवस्था हेर्दा रुप ज्योतिले विभिन्न कम्पनी खडा गरेर जग्गा हडप्ने योजना बनाएको देखिन्छ,’ रुप ज्योतिविरुद्धको उजुरीमाथि छानबिन गरिरहेका काठमाडौं प्रहरीका अधिकारीले लोकान्तरसँग भने, ‘जग्गा बिक्री गर्ने भनेर एउटा व्यक्तिबाट पैसा लिएर उक्त जग्गा अर्को कम्पनीका नाममा नामसारी गर्नुको उद्देश्य नै ठगी गर्ने देखिन्छ ।’  

ज्ञानेन्द्रका अर्थमन्त्री रुप ज्योतिको ‘ठगी धन्दा’, अढाइ करोड लिएर जग्गा हडप्ने प्रपञ्च

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x