कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काठमाडौँ– जमीनलाई केन्द्रीकृत नगरी जो कोहीलाई अनुदान रकम जथाभावी दिँदै गए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने धारणा व्यक्त गरिएको छ ।
सिंहदरबारमा शुक्रवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको कार्यदलको बैठकमा पूर्व कृषिमन्त्रीसमेत रहेका सांसद हरिबोल गजुरेलले खण्डीकृत जमीनलाई एकीकृत गरी फार्म हाउसका रुपमा सहकारी वा कम्पनीमार्फत लगानी गर्न सरकारलाई सुझाव दिए ।
साँसद सत्यनारायण शर्मा खनालले युवालाई आर्कषित, दिगो कृषि बिकास र लगानीको प्रतिफल प्राप्त गर्न कृषिमा ठुला फार्महाउसको लगानी आवश्यकता रहेकोमा जोड दिए । सांसद घनश्याम खतिवडाले सीमित व्यक्तिको हातमा रहेको खेतीयोग्य जमीन बाँझो भएसम्म कृषिको परनिर्भरता नघट्ने भएकाले दिगो कृषि विकासका लागि बाँझो जमीनलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।
बैठकमा सांसद सुरेशचन्द्र दास, भूपेन्द्रबहादुर थापा, शान्तिमाया तामाङ पाख्रिनलगायतले कृषिमा दिगो लगानीका लागि भूमिमा चक्लाबन्दीको आवश्यकता रहेकोमा जोड दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको दुई वर्ष नाघेको छ । यस अवधिमा करीब रु तीन अर्ब २३ करोड अनुदान वितरण भइसकेको छ । परियोजना २०८२ साल असारसम्म सञ्चालन हुन्छ ।
परियोजना अवधिसम्म रु एक खर्ब ३० अर्बको लगानी हुनेछ । आउँदो २०८२ साल सम्ममा रु २० खर्ब, ९५ अर्ब ७५ करोड मूल्य बराबरको रकम कूल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने विश्वास गरिएको छ । परियोजनाको प्रथम वर्षमा आंशिक आठ लाख, ७० हजार र स्थायी ४३ हजार ५०० रोजगारी सिर्जना भई अन्तिम वर्षसम्म पुग्दा आंशिक १० हजार र स्थायी २५ हजार ५०० व्यक्तिले रोजगारी प्राप्त गर्ने उल्लेख छ ।
आगामी दुई वर्षमा तरकारी र माछामा, तीन वर्षमा धान, मकै, गहुँ र सात वर्षमा फलफूल बालीमा आत्मनिर्भर भई दिगो कृषि विकास हासिल हुने अपेक्षा परियोजनाले लिएको छ । आयोजना पकेट, ब्लक, जोन र सुपरजोन गरी चार भागमा विभाजन गरिएको छ । परियोजना अवधिभर पकेट चार हजार ९६६, ब्लक ४५०, जोन ९० र सुपरजोन नौ वटा सञ्चालन गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत नेपाललाई कृषिमा आत्मनिर्भर हुने उल्लेख गरिएको छ ।
परियोजनाको उद्देश्य कृषिउपजको विशिष्टिकृत क्षेत्रको निर्माण, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि, कृषिलाई सम्मानजनक, नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्ने र बहुसरोकारवाला निकायबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने अभिप्राय रहेको छ । बैठकमा परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेलले विस्तृत विवरणका बारेमा जानकारी दिएका थिए ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...