×

NMB BANK
NIC ASIA

सुआरेजको ठाउँमा ह्यारी केन वा एम्बाप्पे भित्र्याउने सुरमा बार्सिलोना

मंसिर २४, २०७५

NTC
Premier Steels

काठमाडौं — बार्सिलोनाले इंग्लिश प्रेमियर लीगको टोली टोटनहम स्पर्सका स्ट्राइकर ह्यारी केनलाई भित्र्याउन खोजेको द डेली स्टार पत्रिकाले लेखेको छ । 

बार्साका स्ट्राइकर लुई सुआरेज कहिले राम्रो खेल्ने, कहिले नराम्रो खेल्ने अनि घाइते भइरहने भएकाले उनको स्थानमा केनलाई ल्याउनु उपयुक्त ठहर क्लबले गरेको हो । 

तर केनलाई किन्नका लागि बार्सिलोनाले लगभग २९ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । 

केन च्याम्पियन्स लीगको एक खेलमा बार्सिलोनाविरुद्ध खेल्न मंगलवार क्याम्प नाओ पुग्दैछन् । उनको खेललाई क्याटालानहरूले नजिकैबाट हेर्ने र उनीसँगको सम्झौता अघि बढाउन पहल गर्ने अपेक्षा छ । 

हुन त टोटनहम केनलाई कुनै पनि हालतमा बेच्न चाहँदैन तर उसको नयाँ स्टेडियम बन्नका लागि ढिलाइ हुँदा खर्च ह्वात्तै बढेकाले क्लबले केनलाई बेच्नुपर्ने पनि हुन सक्छ । केनले लीगको यस सीजनमा नौ गोल गरिसकेका छन् । 

केनलाई प्राथमिकतामा राखेपनि बार्साले किलियन एम्बाप्पे, नेयमार र एन्टोइन ग्रीजम्यानमा पनि चासो देखाएको छ । 

सुआरेज ३२ वर्षका भइसकेका छन् र उनको खेल उतारचढावपूर्ण हुने गरेको छ । त्यसैले उनलाई बेच्नुमै बार्साले भलो देखेको छ । तर २९ अर्ब एकजना खेलाडीका लागि खर्च गर्नु चाहिँ क्लबका लागि निकै गाह्रो हुने भएकाले
उनीहरूको ध्यान अन्तै मोडिन सक्छ ।

एभरटन क्लबका रिचार्लिसन पनि बार्सिलोनाको नजरमा परेको समाचार द डेली स्टारले छापेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x