×

NMB BANK
NIC ASIA

प्रदेश सभाको ‘कछुवा’ गतिप्रति सांसदको आपत्ति, हिउँदे अधिवेशन शुरू

मंसिर २६, २०७५

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेशको हिउँदे अधिवेशन शुरू भएको छ ।

Muktinath Bank

बजेट अधिवेशन सकिएको ४ महिनापछि प्रदेश सभाको हिउँदो अधिवेशन बुधबारदेखि शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवेशनमा बोल्दै प्रदेशसभा सांसदले अधिवेशनलाई विधयेक निर्माणको अधिवेशन बनाउनुपर्ने बताएका छन् । उनीहरूले सत्तापक्ष प्रतिपक्ष नभनी हिउँदे अधिवेशनबाट धेरै विधेयक निर्माण गरी प्रदेशलाई गति दिनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

बैठकको शुरूमा बोल्दै नेकपाका सांसद भूमिश्वर ढकालले अधिवेशनबाट धेरैभन्दा धेरै विधयेक निर्माण गर्नुपर्ने बताए । ‘पहिलो र दोस्रो अधिवेशन सिकाइमा बित्यो । अब स्थानीय तह र प्रदेशका लागि आवश्यक विधयेक पास गरी प्रदेशलाई समृद्ध बनाउने दिशामा छिटो गरी लाग्नुपर्छ,’ उनले थपे, ‘सत्तापक्ष प्रतिपक्ष भन्ने अब नराखी सहमतिबाट विधयेक निर्माणमा जुट्नुपर्छ ।’ हिउँदे अधिवेशनलाई विधयेक अधिवेशनका रूपमा पनि लिइन्छ ।

Vianet communication

नेकपा सांसद कृष्णध्वज खड्काले संसद कछुवा गतिमा चलेको भन्दै अबको अधिवेशन यस्तो बन्न नहुने बताए । विगतका अधिवेशनबाट पाठ सिक्दै विधयेक बनाउन जट्नुको विकल्प नभएको बताए । स्थानीय तहसँग पनि समन्वय गरेर कानून निर्माण गर्नुपर्ने धारणा राखे । 

नेकपाकै अर्का सांसद तुलाराम घर्तीमगरले प्रदेशसभाका सांसदहरू बेरोजगार तर मन्त्रीहरू कार्यक्रम उद्घाटनमै व्यस्त भएको भनेर जनताबाट आलोचना आउन थालेको भन्दै यसलाई रोक्नुपर्ने बताए । उनले भने, ‘हाम्रो कुनै भूमिका भएन । प्रदेशका मन्त्रीहरू स–साना कार्यक्रम उद्घाटनमा व्यस्त हुनुभयो । यसको जनताबाट आलोचना आउन थालेको छ । यो विषयमा सोच्नुपर्ने देखियो ।’

नेपाली कांग्रेसका सांसद डिल्ली चौधरीले २ वटा अधिवेशन आशलाग्दा नदेखिएको बताए । उनले भने, प्रदेश सरकारले सफल भए मात्र संघीयता सफल हुन्छ । सरकारले पूँजीगत खर्च भएको छैन । पूँजीगत खर्च बढाएर विकास केन्द्रित हुनुपर्छ ।’

संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डेयले प्रदेश सरकारले केही गर्न नसकेको भन्दै आलोचना गरे । उनले भने, ‘सरकारले केही गर्न सकेन । अझै पनि केही बिग्रिएको छैन । संघको अधिकार प्रदेशमा ल्याउन सबै जुट्नुपर्छ ।’ 

सांसद गीता थापाले प्रदेश सभाले महिला मैत्री कानून निमार्ण गरी महिला हिंसा न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने बताइन । बुधबारको बैठकमा संसदहरू गीता थापा, इन्द्रप्रसाद खरेल, विष्णु पन्थी, कल्पना पाण्डे, रामजी घिमिरे, सरस्वती गौतम, कूलप्रसाद पोखरेल र भगवतीदेवी भण्डारीले धारणा राख्दै केन्द्रको मुख ताकेर बस्नुभन्दा पनि काम गर्न अगाडि बढ्नुपर्ने धारणा राखे । 

बैठकमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र र दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए । 

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तब्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश गरे । अर्को बैठक आउँदो पुस ८ गने दिउँसो १ बजे बस्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x