कात्तिक २०, २०८०
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो ।
विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका बुधबार सार्वजनिक गरेको हो । एन्फाकाअनुसार जारी ए डिभिजन लिग फुटबल सकिएलगत्तै मोफसलमा गोल्डकप प्रतियोगिताहरू शुरु हुनेछन् । आगामी पुसको तेस्रो सातबाट शुरु हुने फुटबल गोल्डकप आगामी वैशाखको तेस्रो सातासम्म चल्नेछ ।
मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गीकरण मापदण्ड तयार गरेको छ । एन्फा उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले प्रतियोगिताको मापदण्ड तोकेको हो । प्रतियोगिता सञ्चालनका लागि स्वीकृत लिएका आयोजकले मापदण्डका आधारमा प्रतियोगिताको श्रेणी प्राप्त गर्नेछन् ।
एन्फाले तय गरेको मापदण्ड पालन भए नभएकाबारे अनुगमन गरिने प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङ्गशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ । प्रतियोगितामा कम्तीमा १० टोली सहभागी गराउनुपर्ने र त्यसमा कम्तीमा छ वटा ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेछ ।
आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने, टिकट बिक्रीबाट उठेको तीन प्रतिशत रकम एन्फामा बुझाउनुपर्ने र खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड बनाएको छ । त्यस्तै एन्फाले ‘बी’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने, कम्तीमा आठ टोली सहभागी हुनुपर्ने र ‘ए’ डिभिजनका चार क्लबले खेल्नुपर्नेलगायत मापदण्ड तोकेको प्रवक्ता राईले उल्लेख गरे ।
यस्तो छ समय तालिका
एन्फाले सार्वजनिक गरेको प्रतियोगिता र समय तालिकाअनुसार आगामी पुस २१ गतेदेखि २९ सम्म पाँचथरको फिदिममा ११ औँ फाल्गुनन्द गोल्डकप, पुस २४ गतेदेखि माघ ५ सम्म कैलालीको धनगढीमा तेस्रो सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, पुस २४ देखि माघ ५ सम्म वीरगञ्जमा दोस्रो विशाल मेमोरियल गोल्डकप हुनेछ ।
एन्फाका अनुसार माघ ३ देखि १२ सम्म बाराको सिमरामा १० औँ सिमरा गोल्डकप र माघ ११ गतेदेखि १८ गतेसम्म सुनसरीको इटहरीमा मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुनेछ । यसअघि मदनभण्डारी गोल्डकप काठमाडौँमा आयोजना गर्ने भनिए पनि रङ्गशाला निर्माणको काम नसकिएकाले इटहरीमा गर्न लागिएको हो ।
माघ १५ देखि २६ गतेसम्म पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, माघ १८ देखि २७ सम्म झापामा प्रथम धैलाशुब्बा गोल्डकप र माघ २० देखि २८ गतेसम्म धनकुटामा १४ आँै शहिद भीमनारायण गोल्डकप हुनेछ ।
यस्तै माघ २६ देखि फागुन ४ गतेसम्म धरानमा २१ आँै बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, माघ २९ देखि फागुन ११ गतेसम्म कास्कीको पोखरामा १७ आँै आहा रारा गोल्डकप, फागुन ४ देखि ११ गतेसम्म सुनसरीको दुहवीमा तेस्रो मनमोहन दुहबी गोल्डकप, फागुन ७ देखि १८ गतेसम्म बुटबलमा २१ आँै तिलोत्तमा गोल्डकप, फागुन १५ देखि २५ गतेसम्म झापाको बिर्तामोडमा चौथो झापा गोल्डकप र फागुन २३ देखि चैत २ गतेसम्म पाँचौ माइभ्याली गोल्डकप इलाममा हुने एन्फाले जनाएको छ ।
यसैगरी फागुन २५ देखि चैत २ गतेसम्म चितवनको नारायणगढमा १४ आँै विकास शिल्ड फुटबल प्रतियोगिता, फागुन २९ देखि चैत ९ गतेसम्म हेटाँैडामा तेस्रो हेटौँडा गोल्डकप, चैत ७ देखि १७ गतेसम्म मोरङको विराटनगरमा विराट गोल्डकप, चैत १५ देखि २४ गतेसम्म उदयपुर गोल्डकप, चैत १८ देखि २७ गतेसम्म चौथो नेपालगञ्ज गोल्डकप, चैत २२ देखि ३० गतेसम्म नुवाकोट गोल्डकप, चैत २५ देखि वैशाख ५ गतेसम्म सर्लाहीको लालबन्दीमा राजर्षी जनक गोल्डकप, वैशाख १ देखि १० गतेसम्म दोस्रो दमक गोल्डकप र वैशाख १२ देखि २१ गतेसम्म झापाको काँकडभिट्टामा चौथो मेचीनगर गोल्डकप हुनेछ ।
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...