फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
पोखरा – गण्डकी प्रदेशसभा सांसद मीना गुरुङको जीवनमा सञ्चार, सौन्दर्य र राजनीति एकपछि अर्को गर्दै पछ्याउँदै आयो । त्योभन्दा ठूलो उनको समाज सेवाप्रतिको भावना, निरन्तरता, लगाव र परिश्रमले आज मीनालाई ‘माननीय सांसद’ को पगरी दियो ।
लाहुरे शहर पोखराकी एक लाहुरेनीको आत्मनिर्भर बन्नुपर्छ भन्ने दृढ सोचले परिचय नै फेरेर सांसद पद दिलाएको हो । ब्रिटिश लाहुरेकी पत्नी भएर पनि आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मान्यताले जरो गाडेको उनको मस्तिष्क जनताकै हकमा नीति निर्माण गर्ने कानूनी मस्यौदा कोर्दैछ ।
मीना गुरुङको परिचयको दायरा फराकिलो बन्दैछ । सांसद बन्नुअघि नै विभिन्न सामाजिक सेवामा उत्तिकै क्रियाशील उनी यतिखेर झनै चर्चामा छिन् । आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमै लगाउने घोषणा गर्ने गण्डकी प्रदेशकी उनी पहिलो सांसद हुन् ।
गत वर्ष उनको घोषणाको सिको प्रदेशमा अन्य सांसदले पनि गर्दैआएका छन् । हालैमात्रै प्रदेश सांसद राजीव पहारीले आफूले पाउने तलब भत्ता सामाजिक कार्यमै लगाउने घोषणा गरे ।
सांसद गुरुङको नियमितजसो कार्यमा यसै साता पोखरा–१४ स्थित भयरेश्वरी स्कूलका साना बालबालिका तथा नमूना बस्तीका ज्येष्ठ नागरिक गरी डेढ सय जनालाई ज्याकेट, स्वीटर, टोपी र खाद्यान्न सहयोग गरिन् । निरन्तर उनी यस्तै सामाजिक कार्यमा आफूलाई समाहित गराउन रुचाउने बताउँछिन् ।
सञ्चार यात्रा
पति लेफ्टिनेन्ट क्षेत्रबहादुर गुरुङको बृटिश आर्मीको जागिरे जीवनसँगै शुरूवातका दिनमा हङकङ पुगेकी उनले त्यहाँ रेडियोकर्मीको गहिरो अनुभव लिइन् । विवाहपछि उनको जीवनको यात्रा रेडियोको दुनियाँमा सुमधुर स्वर भर्दै अघि बढ्योे । त्यत्ति नै खेर आत्मनिर्भर बन्नुपर्छ भन्ने भावी सोचले उनले व्यूटीसियन सम्बन्धी डिप्लोमा कोर्स समेत त्यही पूरा गरिन् ।
बीएफबीएस रेडियोमा सन् १९८८ बाट मासिक ३ हजार डलर तलब पाउने गरी जागिर खाँदै जाँदा ५ वर्षसम्म रेडियो करियरमा ८ हजार १ सय डलरसम्म मासिक तलबको हैसियत बनाएकी थिइन् उनले ।
व्यावसायिक व्यूटीसियन
व्यूटीसियन सम्बन्धी केही मेसिन र रेडियोमा काम गर्नेे दृढ इच्छाशक्ति बोकेर फर्केसँगै उनले आफ्नै घरमा व्यूटीसियनको व्यवसायिक यात्रा प्रारम्भ गरिन् ।
आत्मनिर्भर बन्ने बाटोमा लागेसँगै प्रेरित हुन पुगेकी उनी विदेशमा छँदा स्वदेशको मायाले तानेपछि बेलायतको आवासीय भिसा छाडेर फर्किएकी हुन् । पतिले दिएको सीमित रकमले घरायसी काम सहितको आफ्नो लागि रकम खर्चिंदा परनिर्भर हुनुपर्ने लज्जाबोधले आफैं केही गर्नुपर्छ भन्ने अठोटका साथ रेडियोकर्म थालेकी उनले त्यसबेला पनि महिलामाथि हुने गरेको विभेद न्यूनीकरण गर्न आवाज उठाउँथिन् ।
जीवनको लामो अनुभवपछि प्रफूल्ल मुद्रामा उनले भनिन्, ‘बेलायतको भिसा र हङकङको आईडीले सायद मलाई धनी बनाउँथ्यो वा आर्थिकरुपमा सम्पन्न हुन्थें होला । तर म आज आफ्नै नेपाली दाजुभाइ, दिदीबहिनीसँग सहकार्य गर्दै राजनीति र समाज सेवामा समर्पित हुन पाउनु मेरो अहोभाग्य हो, जुन पैसाले किन्न सकिन्न ।’
पोखरा महेन्द्र पुलमा रहेको उनको हङकङ व्यूटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेसनल स्पा एवं व्यूटी कलेज पोखरामै सर्वाधिक चल्तिको मानिन्छ । मलेसियाको क्लारा इन्टरनेसनल कलेजबाट अनुबन्धित भई मास्टर फ्रेन्चाइजको रुपमा कलेज स्थापना भएको हो । सीटीईभीटीबाट मान्यताप्राप्त हङकङ ब्यूटी इन्स्टिच्यूटबाट शुरू भएको नेपालकै पहिलो व्यूटी स्पा कलेज अहिले पोखराजस्तो सुन्दर नगरमा सञ्चालन भइरहेको छ ।
सांसदको भारी
उनको उच्च मूल्यांकन साथ प्रदेशसभा चुनावबाट तत्कालीन नेकपा एमालेले उनलाई समानुपातिकबाट सांसद चुनेको हो । नरम स्वभाव र हँसिलो अनुहारकी बहुप्रतिभाकी धनी सञ्चार, सौन्दर्य र राजनीति एकैसाथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल उनको नाम सामाजिक क्षेत्रमा समेत उत्तिकै जोडिने गर्दछ ।
लोकान्तरसँगको कुराकानीमा आफ्नो सांसदको यात्रामा रवीन्द्र अधिकारी, खगराज अधिकारी, कृष्ण थापा, जगकुमारी गुरुङ, हिरु पुन लगायतको साथ र सहयोग स्मरण गरिन् । संविधान कार्यान्वयन सहित देशमा आर्थिक विकास र समृद्धिमा आफ्नो पनि महत्त्वपूर्ण भूमिका हुने उनी बताउँछिन् ।
२ छोरा प्रज्ज्वल र प्रजित तथा छोरी प्रेरणा गुरुङ गरी ३ सन्तानकी यी आमा घरको कामधन्दासहित विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा समय दिन भ्याउँछिन् । विभिन्न संघसंस्थाको संस्थापक अध्यक्ष उनी हाल जिम्मेवार पदमा हाल कार्यरत छन् ।
देशमा बेरोजगार समस्याले दैनिक करीब २ हजार बढी युवा विदेश पलायन भइरहेको बेला बेलायतको भिसा त्यागेर स्वदेशमै रमाइरहेकी छन् ।
सामाजिक संघसंस्थामा आवद्धता
पोखरा–११ रानीपौवा तुल्सीमार्ग घर भएकी गुरुङ प्रदेश ४ मा सांसद बाहेक जिफन्ट केन्द्रीय उपाध्यक्ष, तत्कालीन एमाले जिल्ला सदस्य, राष्ट्रिय सौन्दर्यकर्र्मी युनियन नेपालकी संस्थापक अध्यक्ष, उद्यमी महिला महासंघ कास्कीका संस्थापक अध्यक्ष, गोर्खा भूपू महिला संघका संस्थापक अध्यक्ष, आदिवासी जनजाति महिला महासंघ कास्कीकी महासचिव छन् ।
लायन्स क्लब अफ सेती गण्डकीमा समेत आवद्ध उनी पत्रकार महासंघ कास्कीको सदस्य हुन् । गोर्खाली रेडियोका पूर्वअध्यक्ष, प्राप्ति त्रैमासिक पत्रिकामा प्रकाशक सम्पादक, गोर्खा कम्यूनिटी पोखराको द्वितीय उपाध्यक्ष एवं हङकङ व्यूटी इन्स्टिच्युट प्रालि तथा क्लारा इन्टरनेसनल स्पा एवं व्यूटी कलेजकी प्रमुख कार्यकारी अधिकृत हुन् । केही महिनाअघि उनले आमाको स्मृतिमा डिकेडिएस फाउन्डेसन संस्थासमेत खोलेकी छन् ।
हरेक महिलालाई उद्यमशीलता, सीपमूलक तालिम, व्यक्तित्व र नेतृत्वसम्बन्धी तालिम आवश्यकता भएको उनको जोड छ । त्यसैले महिलालाई प्राविधिक शिक्षा र आत्मनिर्भर बनाउन जोड दिनुपर्ने उनको बुझाइ छ । उनी भन्छिन्, ‘महिलालाई पछिल्लो क्रममा उपप्रमुखको जिम्मेवार बढी दिएको पाइएको छ । तर अब प्रमुख हाँक्न सक्ने पनि महिला उत्पादन भएका छन् । त्यसको खोजी गरी अवसर दिनुपर्छ ।’
पोखरामा छरिएर रहेका व्यूटीसियनको हकहितका लागि उनीहरूलाई एकीकृत पारी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गठन गरी व्यावसायिक रुपमा अघि बढाउन पहलकदमी गरेकी उनले विदेशको अनुभवले गर्दा समय र पैसाको महत्त्व राम्रोसँग बुझेकी छन् ।
विना काम समय अनावश्यक रुपमा खेर फाल्न नचाहने र सधैं कुनै न कुनै काममा आफूलाई व्यस्त राख्ने उनको बानी छ । उनले विभिन्न मुलुकको भ्रमणसमेत गरेकी छन् ।
उनी भन्छिन्, ‘हामी धेरै महिला अझै पनि घरको चुलोबाट र मनको कमजोरीबाट माथि उठ्न सकेका छैनौं, संसारमा अर्थतन्त्र जसले चलाउँछ, उनै स्वतन्त्र र मालिक बन्न पाउँछ । त्यसैले अब हामीले आफ्नो जीवनस्तर गरीबीको मूलधारबाट हैन, सम्पन्नताको माध्यमबाट आफ्नो अधिकार प्राप्त गर्नुपर्छ ।’
सधैं सिर्जनात्मक र सकारात्मक काम गर्न ईच्छा जाग्ने गरेको उनीमा अझै पनि नवीन काम गर्न तल्लिन हुन्छिन् । महिलालाई अवसर दिए कुनै काम पनि असफल नहुने उनको विश्वास छ । अझै पनि समाजमा महिलालाई पूर्णविश्वास गर्न सकेको अवस्था नरहेको बताउने उनले महिलाले जसरी एउटा घर सहज ढंगले चलाउन सक्छन्, त्यसरी नै समाजको विकास र उन्नति साथै देशको विकासमा आफनो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दाबी गरिन् ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले २ पटक लगातार उच्च पद सम्हाल्दै हुनुहुन्छ, मात्र हामी महिलालाई अवसरको खाँचो छ, हामी जस्तोसुकै काम गर्न पछि पर्दैनौं,’ उनी भन्छिन्, ‘अब सबै जना मिलेर संघीयता कान्र्यान्यनमा पूर्ण रुपमा कटिवद्ध भएर लाग्नुपर्छ, देशमा अब विकासको काँचुली फेर्नुपर्छ ।’
व्यूटीसियन क्षेत्रमा निरन्तर ३२ वर्षसम्म काम गरेको अनुभवमा गण्डकी प्रदेशमा पर्याप्तरुपमा जडीबुटी धेरै रहेको र धेरै प्रकारका हर्बल उत्पादन गर्न सकिने उनले बताइन् । उनले भनिन्, ‘व्यक्तिको बाहिरी सौन्र्यतासँगै भित्रि सौन्दर्यता पनि स्वच्छ हुनुपर्छ ।’
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...