×

NMB BANK
NIC ASIA

पोखरामा दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल शुरु

माघ १, २०७५

NTC
Premier Steels

पाेखरा– क्षेत्रीय खेलकुद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा पोखरामा मंगलबार दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको छ । 

Muktinath Bank

सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिता ५ माघसम्म चल्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । 


Advertisment
Nabil box
Kumari

पहिलो दिनको खेलमा सशस्त्र प्रहरीले प्रदेश १ लाई २५–३, २५–८ र २५–३ सेटमा हराउँदा प्रदेश ५ ले प्रदेश २ लाई २५–१०, २५–१४ र २५–८ सेटमा पन्छायो ।  

Vianet communication

घरेलु टोली गण्डकी प्रदेशको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब अन्तिम आठमा प्रवेश गरेको छ । पुलिसले गण्डकीलाई २५–१९, २५–२० र २५–१७ सेटमा पराजित गर्दै क्र्वाटरफाइनल स्थान तय गरेको हो । अर्को खेलमा प्रदेश ३ ले

त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै क्र्वाटरफाइनलमा स्थान पक्का गरेको छ । आर्मीमाथि ३–१ सेटले पन्छाउँदै प्रदेश ३ क्र्वाटरफाईनलमा प्रवेश गरेको हो । आर्मी हारले पनि अन्तिम आठ प्रवेश गरेको छ । समूह सीमा प्रदेश ३ र आर्मी छन् ।  

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख ३० हजार, १ लाख ७० हजार र १ लाख र चौथोलाई सान्त्वनास्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

सो प्रतियोगिताका उत्कृष्ट विधा वेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, लिब्रो, प्रशिक्षकलाई जनही ५ हजार र उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिता संयोजक सम्पन्न श्रेष्ठले बताए ।

दोस्रो दिन प्रदेश १ र सुदूरपश्चिमाञ्चल प्रदेश, प्रदेश २ र कण्र्।ाली प्रदेश, एपिएफ क्लब र तेस्रो खेल सुदूरपश्चिमाञ्चल प्रदेश तथा प्रदेश ५ र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

कुल ३८ लाख खर्च हुने सो प्रतियोगिताका लागि राष्ट्रिय खेलकूद परिषद्द्वारा २५ लाख प्रदान गरिएको र बाँकी टिकट आधारमा रकम संकलन गरिने प्रचार प्रसार संयोजक दीपकबहादुर गोदारले जनाए ।   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x