×

NMB BANK
NIC ASIA

अनौठा पीतमानव : सबैथोक पहेंलो छ यिनको

माघ २, २०७५

NTC
Premier Steels

काठमाडौं — सिरियाका एक व्यक्तिले विगत ३५ वर्षदेखि एकै रंगको कपडा दिनदिनै लगाइरहेका छन् । अलेप्पोमा बस्ने अबु जाककौरले पहेंलो रंगको कपडा लगाएरै ३५ वर्ष कटाएका हुन् । उनलाई पीतमानव भनेर बोलाउने गरिएको छ । 

Muktinath Bank

सन् १९८३ को जनवरी २५ बाट उनले यो हर्कत गर्न थालेका हुन् । त्यसदिन उनले अबदेखि पहेंलो लुगा मात्र लगाउँछु भनी संकल्प गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार, पहेंलो रंग प्रेमको निशानी हो । रमाइलो कुरा त, अबु पहेंलो रंगको कपडा लगाउने मात्र नभई पहेंलो अन्डरवेयर, टाई, टोपी, छाता, मोबाइल फोन कभर प्रयोग गर्छन् । 


Advertisment
Nabil box
Kumari

कुनै कुरा पहेंलो रंगमा भेटिएन भने उनी त्यसलाई पहेंलो बनाइदिन्छन् । उनी भन्छन्, ‘कसैले पनि यस्तो काम गरेको छैन । तर पहेंलो रंग अपनाएर म प्रेमको सन्देश दिइरहेको छु ।’

Vianet communication

उनी थप्छन्, ‘अरू रंगका कपडामा म अफबीट अनुभव गर्छु । म ३५ वर्षदेखि पहेंलो रंगको कपडा नै लगाइरहेको छु । अब अर्को रंगका बारेमा म सोच्न पनि सक्दिनँ ।’

रमाइलो कुरा के भने अबुको घरमा पनि तन्ना, टेबलपोश, भान्साको टेबल, फोहरदानी सबैथोक पहेंलो छ । 

युद्धग्रस्त सिरियामा मानिसले अबुलाई चिन्न थालिसकेका छन् । उनका विषयमा भ्रम पनि फैलिएका छन् । उनलाई आतंकवादी संगठनको सदस्य भएको हल्ला पनि चल्ने गरेको छ । 

अबु भन्छन्, ‘म सडकमा टहल्दा मानिसहरू मुस्काउँछन् । कोही मसँग फोटो खिचाउँछन्, कोही मलाई जोक सुनाउन आउँछन् । यही त हो प्रेम ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x