×

NMB BANK
NIC ASIA

सरकारले लोकतन्त्रको घाँटी निमोठ्यो – वरिष्ठ नेता पौडेल

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको वाम सरकारले लोकतन्त्रको घाँटी निमोठ्दै अगाडि बढेको आरोप लगाएका छन् । सरकार लोकतन्त्रको भर्‍याङ चढेर अधिनायकवादको बाटोमा लम्किरहेको दाबी उनले गरे । 

Muktinath Bank

प्रजातान्त्रिक विचार समाज रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता पौडेलले त्यसको पछिल्लो उदाहरण सरकारले दुई दिन अगाडि गठन गरेको संवैधानिक परिषद् रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकार अधिनायकवादतर्फ जान लागेको छ,’ नेता पौडेलले भने, ‘संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने भए पनि सरकारले विपक्षी दलको नेता नै नराखी आयोग गठन गर्‍यो । सरकारले संवैधानिक आयोगहरूलाई पनि कार्यकता भर्ती केन्द्र बनाउँदै लग्यो ।’ 


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘सरकारले प्रजातान्त्रिक संस्कारमाथि ठूलो प्रहार गर्दै अगाडि बढेर लोकतान्त्रिक संस्कारलाई धरासायी बनाउँदैछ । यसविरुद्ध सम्पूर्ण कांग्रेस कार्यकताहरू एकजुट हुनुको विकल्प छैन ।’

Vianet communication
Laxmi Bank

सरकारले जनताप्रति गरेको कुनै पनि वाचा पूरा गर्न नसकेको बताए । ‘अहिले वर्तमान दुई तिहाइको सरकारले जनताको आधारभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य, रोजगार कुनै पनि पूरा गर्न सकेन । सरकार दुई तिहाइले झनै ग्रस्त बन्यो,’ नेता पौडेलले भने । 

पौडेलले पार्टीको १४औं महाधिवेशन निर्धारित मितिमै हुनुपर्नेमा जोड दिए । ‘अब हामीले कार्यसमितिको अवधि बढाउन हुँदैन,’ उनले भने, ‘मैले पटक–पटक विभिन्न फोरममा सययमै महाधिवेशन गराउनुपर्छ भन्दै आएको छु । अब समयमा नै महाधिवेशनमा जानुपर्छ । यसो गर्न सकिएन भने दुर्भाग्य हुन्छ ।’ 

कांग्रेसका भातृ संगठनहरू सिद्धान्त अनुकूल नचल्दा पार्टी निर्वाचनमा पराजित भएको पौडेलको भनाइ छ । जनताले कांग्रेसको सिद्धान्तलाई पत्याए, तर संगठनलाई राम्रो मानेनन् । कांग्रेसको विचार निर्वाचनले जित्यो कांग्रेसले त्यही कारण निर्वाचनमा हारेको हो ।’

नेतालाई पनि निरकुंश बनाउन नहुने भन्दै उनले अहिले कांग्रेसको विधानपूर्ण लोकतान्त्रिक बनेको बताए । विधान समावेशी बनाएको र कांग्रेसको महासमिति बैठकले एउटा अनुपम लोकतान्त्रिक र अनुपम समावेशी विधान दिएको उनको भनाइ छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले मुलुकको परिवर्तनका लागि युवाहरू एकताबद्ध हुनुपर्ने बताए । 

नेताहरू धनी भए, देश गरीब बन्दै गयो, यसलाई परिवर्तन गर्ने खाँचो छ । त्यसका लागि युवा नेताहरू जिम्मेवार भएर लाग्न आवश्यक छ ।’ राजनीतिक दलका नेताहरूमा परिवारवाद हाबी रहेको भण्डारीको भनाइ छ । 
‘वरिपरि स–साना झुप्रा बनाउने बीचमा आफ्नो ठूलो महल ठड्याउने नेताहरू भए । त्यही भएर मुलुक कमजोर बन्दै गयो,’ भण्डारीले भने । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले समाजको मुख्य मुद्दा भ्रष्टचार भएको भन्दै त्यसविरूद्ध लड्नुपर्ने बताए । यो विकृति अन्त्यका लागि लडनुपर्छ, यसका पछाडि पर्नु हुँदैन,’ उनले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x