मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं - आइशा र आदित्यको भेट फेसबुकमा भयो । आइशाको नाम पनि वास्तविक थिएन । तरपनि माहोल यस्तो बनिदियो कि उनीहरुको कुराकानी दुई वर्षसम्म थामिएन । बेंगलुरुमा बस्ने आइशा र दिल्लीका आदित्य एक-अर्काको अनुहार नदेख्दै नजिकिए ।
आइशाले एकपटक झुक्किएर आँखाको तस्बिर पठाइन् । बेंगलुरुको एक कलेजमा अध्ययनरत आदित्यको सामाजिक सञ्जालकी इरम खान अर्थात् वास्तविक जीवनकी आइशासँग फेसबूकमा भेट भयो ।
आदित्य भन्छन्, 'हाम्रो भेट भएको थिएन । तर शुरूमै थाहा थियो कि उनी मुसलमान हो र म हिन्दू । धर्म हाम्रो लागि कुनै मुद्दा रहेन । तर हाम्रो परिवारले यसलाई स्वीकार्दैनथ्यो ।'
उनले स्पष्ट पारे कि धर्म परिवर्तन बिना विवाह सम्भव छैन । दुवैले आफ्नो पहिचान गुमाउन चाहँदैनथे ।
त्यसपछि आइशा घर छाड्ने निर्णयमा पुगिन् ।
परिवारले रोक्न भरपुर कोशिश गर्यो । तर उनी आदित्यसँगै दिल्ली हानिइन् । र, आइशा-आदित्य 'लिभ-इन रिलेशनशिप'मा बस्न थाले । आइशा भन्छिन्, 'पहिलो पाँच महिना हामी एक बन्द कोठामा बन्द भयौं । आउन जान डर लाग्थ्यो । हामी अलग-अलग पहिचानबाट भएका कारण कसैले हामीलाई मार्न सक्छ भन्ने सोच्थेँ ।' त्यसताका दिल्लीमा एक मुस्लिम युवतीसँग प्रेम सम्बन्ध राखेका कारण २३ वर्षीय अंकित सक्सेनाको हत्या भएको थियो । त्यसैले आइशा डराएकी थिइन् ।
दिल्लीमा सहज रुपमा बाँच्न आइशा- आदित्यलाई दुई चिजको खाँचो थियो । एक- काम र अर्को विवाह गरेर कानूनीरुपमा सुरक्षित रहने प्रक्रिया ।
आइशा र आदित्य एक थिए तरपनि उनीहरुले एक्लो महसूस गरे । इन्टरनेटबाट जोडिएका उनीहरुको जीवनलाई इन्टरनेटले पुन: मोडिदियो । माध्यम भए, कुलश्रेष्ठ र आसिफ इकबाल । उनीहरु पनि दुई धर्मबाट जोडिएका थिए ।
सन् २००० मा उनीहरुले 'स्पेशल म्यारिज एक्ट'को माध्यमबाट विवाह गरे र अहिले 'धनक' नामको संस्था चलाइरहेका छन् ।
यस संस्थाले आदित्य र आइशा जस्ता जोडीको लागि परामर्श दिने गरेका छन् ।
उक्त ऐनले भिन्दाभिन्दै धर्मका जोडीलाई धर्म परिवर्तन बिनै विवाह गर्ने प्रबन्ध गरेको छ । तर यो ऐन भारत प्रशासित कश्मीरमा भने लागू हुँदैन । आइशा र आदित्यले परामर्शदातासँग पटकपटक भेटे । अन्य जोडीहरुलाई पनि भेटे । अचानक एक नयाँ परिवारसँग उनीहरुको भेट भयो । अब उनीहरु संसारमै एक्लो रहेनन् किनकी हरेक जोडीका कथा सुनिरहेका थिए । बिस्तारै आइशाले जागिर पाइन् ।
आइशा भन्छिन्, 'शुरूमा लागेको थियो कि हामी सँगै त भयौं तर कतै एक दुई वर्षमै कसैले मार्ने त होइन । रानू र आसिफलाई भेटेपछि त्यस्तो डर लागेन ।'
उता रानू भने युवायुवतीमा आत्मविश्वास जरुरी ठान्छिन् किनकी आमाबाको इच्छाविपरीत उनीहरु गएका थिए । जसले परिवारमा निराशा र पीडा पैदा गर्न सक्छ । त्यसकारण उनले परिवारसँग कुराकानीको बाटो खुला गर्न सुझाइन् । यसले परिवारले आफ्ना बच्चा एकसाथ कति खुशी छन् भन्ने देख्न पाउँछन् ।
यसबाट अलग धर्मका युवायुवतीको सम्बन्धविरुद्ध सामाजिक र राजनीतिक तत्वलाई चुनौति दिन मदत गर्छ ।
रानू भन्छिन्, 'यो एक डरको माहोल हो । तर परिवार कुनै कट्टर संगठनबाट टाढिने र आफ्नो छोराछोरीमाथि विश्वास राख्ने हो भने बाहिरी तत्वले कुनै अर्थ राख्दैन ।'
उता आदित्यले पनि पिताले आइशालाई धर्म परिवर्तन बिना बुहारी स्वीकार्छन् भन्ने आशा राखिरहे । भारतीय परिवार छोराप्रति अलि बढी उदार देखिन्छ । समाजमा इज्जतको बोझ प्राय: युवतीलाई थोपरिन्छ ।
यसबारे रानूको धारणा छ- छोरा उत्तराधिकारी हुन्छन् । वंश चलाउँछन् । यसकारण उनीहरुसँग सम्बन्ध बनाइराख्न परिवार सकारात्मक हुन्छ ।
आदित्य पनि सम्बन्ध र सपनालाई सन्तुलनमा राखेर अघि बढ्न चाहन्थे ।
उनीहरु 'स्पेशल म्यारिज एक्ट'अनुसार विवाह गर्न चाहन्छन् र आफ्नो गृहस्थी आफैं चलाउन चाहन्छन् ।
अहिले यी दुवै २१ वर्षका भए । एकअर्कामा पूरा भरोशा छ । विश्वास छ । आइशा आदित्यलाई हिरो मान्छिन् र उसलाई हौसला दिन्छिन् ।
आदित्यका अनुसार पहिलो लडाईँ आफैंसँग थियो । आफ्नो सम्बन्ध यकीन गर्ने, त्यो जितिसके ।
अब दोस्रो लडाईँ परिवार र समाजसँगको हो । त्यो जितेरै छाड्ने उनीहरुको अठोट छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...