कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
चैत ७, २०७५
काठमाडौं- सभामुख कृष्णबहादुर महराले पूर्वराजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छाडेको खुलासा गरेका छन् । गिरिजाप्रसाद कोइरालाको ९औं स्मृति दिवस तथा जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसको कार्यक्रममा महरालले तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा आफूहरूले ज्ञानेन्द्रसँग कुरा गरेको बताए ।
‘राजाले दरबार छोड्नुभन्दा केही दिनअघि सिटौलाजी र मैले नागार्जुन दरबारको भ्रमण गर्यौं, एकदिन अघि नारायणहिटी पुगेर अब छोडिदिनुस् भन्यौं,' महराले भने, ‘यी काम गिरिजाबाबुकै सुझावअनुसार हामीले गरेका थियौं र त्यो सफल भएको थियो ।’
महराले गिरिजाप्रसादको विलक्ष्यण व्यक्तित्वका कारण शान्ति प्रक्रिया र गणतन्त्र दुवै सफल भएको बताए । ‘गिरिजाबाबुसँग पहिलोपटक बीपी पुत्र श्रीहर्शको निवासमा भेट भएको थियो, त्यतिबेला उनले कसरी आइपुग्नुभयो, रोल्पमा सीडीओले कत्तिको दुःख दिएका छन् भनेर सोध्नुभयो,’ महराले भने, ‘मैले धेरै नै गाह्रो बनाएका छन् भनेँ, उहाँले ए..मात्र भन्नुभयो । तर परिणाम मैले रोल्पा फर्किएपछि थाहा पाएँ, सीडीओले हामीलाई विगतको जस्तो गर्न छाडे ।’
उनले शान्ति प्रक्रियामा माओवादीका तर्फबाट सबैधन्दा धेरैपटक आफूले गिरिजाप्रसादसँग भेट गरेको भन्दै ती सबै कुरा भनेर नसकिने भएकाले आफूले किताब लेख्न लागेको बताए । ‘०५८ सालदेखि ६६ सालसम्म गिरिजाबाबुसँगको सम्बन्ध र त्यसमा लुकेका रहस्यहरू खोलेर म किताब लेख्दैछु,’ महराले भने ।
उनले १२ बुँदे सहमितको मस्यौदामा समेत दुबै पक्ष आ-आफ्ना अडानमा रहँदा पटक–पटक असफल हुने अवस्थामा गिरिजाप्रसाद कोइरालाले नै त्यसलाई जोगाएको बताए ।
‘उहाँहरूले राजनीतिको मूलधारमा माओवादी पनि समेटिने भनेर लेख्नुभयो । हामीले तपाईंको मूलधारमा माओवादी आउँदैन भनिहाल्यौं । केहीदिनपछि गिरिजाबाबुले नयाँ मूलधार भन्ने शब्द खोज्नुभयो त्यो बुँदामा सहमति भयो ।’
त्यसपछि प्रजातान्त्र सबैले स्वीकार गर्ने भन्ने शब्दमा पनि फेरी द्वन्द्व भएको उनले सुनाए । ‘उहाँहरूले प्रजातन्त्र लेखेपछि हामीले तपाईंको प्रजातन्त्र स्वीकार गर्न युद्ध लडेको हैनौं भनिहाल्यौं, प्रजातन्त्र पनि स्वीकार नगर्ने भन्दै उहाँहरू पनि रिसाउनुभयो । दुबै पक्षको कुरा नमिल्ने अवस्था देखिएपछि गिरिजाबाबुले त्यसको अगाडि पूर्ण थपेर पूर्णप्रजातन्त्र बनाउनुभयो र मिलाउनुभयो,’ महराले भने, ‘उहाँमा विलक्ष्यण राजनीतिक क्षमता थियो ।’
उनले हतियार, व्यवस्थापन, प्रचण्डसँगका गोप्य वार्ता सहितका विषय केही समयका भाषणबाट नसकिने भन्दै त्यही कारण आफूले गिरिजाप्रसादसँगको सम्बन्ध र शान्ति प्रक्रियाका विषयमा किताब लेख्न लागेको बताए ।
कार्यक्रममा कांग्रेस नेता गगन थापाले गिरिजाप्रसादले विशेष अवस्थापछि माओवादीलाई जसरी पनि मूलधारको राजनीतिमा ल्याउने प्रतिबद्धतासहित शान्ति प्रक्रिया शुरूवात गरेको बताए ।
‘पश्चिममा कांग्रेसका कार्यकर्ताको माओवादीबाट हत्या भयो, गिरिजाबाबु विक्षिप्त हुँदै झण्डा ओढाउन जाने र कार्यकर्तामा शान्त्वना दिन लाग्नुभयो, सुरक्षकर्मीले जाने अवस्थै छैन भन्दै गिरिजाबाबुलाई रोक्यो’, थापाले भने, ‘त्यसपछि ‘मैले कार्यकर्ता बचाउन त सकिनँ मृत्युपछि झण्डा ओढाउन पनि नसक्ने अवस्था कहिलेसम्म राख्ने’ भनेर उहाँले जसरी पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अठोट लिनुभयो ।’
त्यस्तो त्याग सहित ल्याएको शान्ति प्रक्रिया र गणतन्त्रमा अहिले दुईवटा खतरा देखिन थालेको उनको भनाई छ ।
‘एउटा फेरि पनि विप्लवका नाममा गोली हानाहानका समाचार सुनिन थालेका छन्, त्यो व्यवस्थाविरुद्ध भएकाले पुरानै अवस्था आउने हो कि भन्ने त्रास नागरिकमा देखिएको छ,’ थापाले भने, ‘ प्रधानमन्त्री नै संसद्प्रति उत्तरदायी देखिनुभएको छैन, यो भनेको दुर्घटनाको अर्को खतरा हो ।’
कार्यक्रममा जीपी कोइराला सामुदायिक कलेजले पाँच वर्षअघि ६ जना विद्यार्थीबाट शुरू गरेको यात्रामा अहिले दुई हजार एक सय विद्यार्थी रहेको, मल्टीमिडियाबाट अध्यापन गराइरहेको तथा स्मार्ट टिचिङको अवधारण शुरू गरेको प्रगति सार्वजनिक गरिएको थियो ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...