×

NMB BANK
NIC ASIA

महानगरवासीको गुनासो- सार्वजनिक शौचालय नहुँदा पानी नखाई निस्किनुपर्ने बाध्यता !

चैत ८, २०७५

NTC
फाइल फोटो
Premier Steels

भरतपुर - भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा नागरिक सास्ती खेप्न बाध्य छन् । 

Muktinath Bank

खुला दिसामुक्त घोषणा गरिएको महानगरपालिकाका अधिकांश क्षेत्रमा सार्वजनिक शौचालय रहेको छैन । भरतपुर र नारायणगढका मुख्य शहरी क्षेत्रमा भएका शौचालय पनि व्यवस्थित हुन सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरपालिकाले आवश्यक स्थानमा सार्वजनिक शौचालय नबनाउँदा बटुवा, लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन् । 


Advertisment
Nabil box
Kumari

उनीहरूले सवारी साधनकै छेल पारेर खुलारूपमै दिसापिसाब गर्दै आएका छन् । कतिपय भने दिसापिसाब गर्नकै लागि होटलमा पसेर चिया–नास्ता खानुपर्ने बाध्यतामा पर्छन् ।

Vianet communication

“सार्वजनिक शौचालय नभेटेपछि होटल छिर्नुको विकल्प भएन, नवलपुरका शिव पौडेलले भने”, “भरतपुरलाई सफा शहर मान्छौँ । सार्वजनिक शौचालय नभएकाले दुर्गन्ध फैलिएको देखेँ ।” अझ कतिपय सर्वसाधारण विभिन्न पसल, हस्पिटल र बैंकमा शौचालय प्रयोगका लागि पुग्नुपर्ने बाध्यता छ । 

व्यस्त नारायणगढ र भरतपुरको मुख्य बजार क्षेत्रमा बढी जनघनत्व भएका स्थानमा सार्वजनिक शौचालयको आवश्यकता छ । हाल भरतपुर महानगरपालिकामा १२ वटा सार्वजनिक शौचालय रहेको भरतपुर महानगरपालिका वातावरण शाखा प्रमुख इञ्जिनीयर विराट घिमिरेले जानकारी दिए ।

केन्द्रीय बसपार्क, नारायणगढ बसपार्क, चौबिसकोठी, नारायणी किनार, आँपटारी, पुल्चोकलगायतका ठाउँमा सार्वजनिक शौचालय छन् ।

नारायणी किनारको शौचालय पाँच टोल विकास संस्थाले सञ्चालन गर्दै आइरहेका छन् भने आँपटारीको खानेपानी व्यवस्थापन बोर्ड र चौबिसकोठीको क्षेत्री समाज चितवनले सञ्चालन गरिरहेका छन् । तर लायन्सचोक, शहीदचोक, क्याम्पसगेट, हाकिमचोक, मालपोत चोक, विशालचोकलगायतका अति व्यस्त ठाउँमा तत्काल सार्वजनिक शौचालय आवश्यक छ । 

सार्वजनिक शौचालय बनाउन मुख्य सडक तथा चोकमा जग्गा नपाएकाले बनाउन नसकिएको इञ्जिनीयर घिमिरेले बताए ।

“सडकको दायाँबायाँ ५० मिटर क्षेत्र सडकको पर्छ, त्यसपछिको क्षेत्र व्यक्तिको हुन्छ”, घिमिरेले भने, “शौचालय कहाँ बनाउने समस्या छ ।” बजार क्षेत्रका प्रत्येक पसलले आफ्ना ग्राहकका लागि शौचालय प्रबन्ध गर्नसके शौचालयको धेरै समस्या हल हुने उहाँको तर्क छ । “सार्वजनिक, निजी साझेदारी मोडेलमा शौचालय बनाउने योजनामा छौँ”, उहाँले भन्नुभयो, “जग्गाप्राप्त भएमा बजेटको अभाव छैन ।” पाँच वर्षदेखि भरतपुरमा घुम्ती शौचालय प्रयोगमा ल्याए पनि प्रभावकारी देखिएन् । भएको एउटा घुम्ती शौचालय पनि बिग्रिएका कारण प्रयोगमा छैन । 

घुम्ती शौचालय पनि प्रयोगमा ल्याउन समस्या भएको इञ्जिनीयर घिमिरेले बताए । दुर्गन्ध हुने भन्दै बजार क्षेत्रका पसल अगाडि शौचालय राख्न नदिएको उनको भनाइ छ ।

घिमिरेले सार्वजनिक क्षेत्रमा शौचालय निर्माणका लागि स्पष्ट नीति ल्याउनुपर्ने घिमिरेले बताए ।

सरसफाइ अभियान्ता भोजनारायण कँडेलले महानगरपालिकामा भएका सार्वजनिक शौचालय पनि व्यवस्थित नभएको गुनासो गरे ।

घरबाट निस्कँदा शौचालय अभावकै कारण पानी पनि नखाइ निस्कने गरेको अनुभव उनले सुनाए ।

कतिपय क्षेत्रमा सार्वजनिक शौचालय भएका ठाउँमा पनि मानिसले खुला ठाउँमा सौच गर्ने गरेको उनको भनाइ छ । “सबैभन्दा पहिले हाम्रो मानसिकतामा परिवर्तन आउनुपर्छ”, उनले भने, “सानैदेखि खुला ठाउँमा सौच गर्न हुन्न भन्ने संस्कार हामीले दिन सकेका छैनौँ ।” 

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा सार्वजनिक शौचालयको अभाव रहेको भन्दै जग्गाप्राप्तिका लागि आवश्यक समन्वय गर्न प्रशासन तयार रहेको बताए । उनले सुन्दर शहरको परिकल्पना अति आवश्यक कुराबाट मात्र सम्भव हुने बताए ।

भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सार्वजनिक शौचालय अति आवश्यक रहेको भन्दै स्मार्ट शौचालयको अवधारणा अघि बढाएको बताए ।

सार्वजनिक जग्गाको पहिचान गरी शौचालय निर्माणलाई छिट्टै अघि बढाइने उनको प्रतिबद्धता छ । कृष्ण आचार्य / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x