×

NMB BANK
NIC ASIA

श्रीमानलाई बन्ध्याकरण गर्नबाट रोक्छन् महिला

चैत ९, २०७५

NTC
Premier Steels

डोटी-बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमानसँगै वडा नं २ खड्यौली पुगिन् । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेकी थिइन् । उनका श्रीमानले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै थिए तर कल्पनाका अगाडि उनको जिद्धीले काम गरेन । 

Muktinath Bank

कल्पनालाई स्वास्थ्यकर्मीले पनि सम्झाउन खोजे तर उनले कसैले भनेको न मानिन् न त सुनिन् नै । अन्ततः उनले श्रीमानको बन्ध्याकरणको साटो आफ्नै मिनिल्याप गराइन् । श्रीमानको स्थायी बन्ध्याकरण गरे कमजोर हुन्छ भन्ने विश्वासका कारण यहाँका महिला आफ्ना श्रीमानको बन्ध्याकरण गराउनुको साटो आफ्नो गर्ने गरेको जोरायल गाउँपालिका–३ का प्रकाश साउदले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कल्पना त एकपात्र मात्र हुन यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलाले आफ्ना श्रीमानलाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाइएको छ । त्यस्तै जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा पनि महिलाले आफ्ना श्रीमानको स्थायी बन्ध्याकरण गर्न नदिई बरू आफ्नै मिनिल्याप गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले बताए । 'हामीले सञ्चालन गरेका कतिपए भ्याक्सेटोमी क्याम्पमा श्रीमतीले नै श्रीमानको बन्ध्याकरण गर्न नदिने र आफ्नो गरराउने गरेका छन्,' उनले भने, 'किन महिलाले यसो गरेका होलान् म त अचम्मित छुँ ।' 


Advertisment
Nabil box
Kumari

नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा नेपाल परिवार नियोजन सङ्घले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २१६ मध्ये १६७ महिला छन् । यो सङ्ख्या सेवा लिने कूल सङ्ख्याको ७७ प्रतिशत हुन आउँछ । प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको उक्त शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । उक्त गाउँपालिकामा जम्मा ६० ले मात्रै उक्त सेवा लिएका थिए । 

Vianet communication

त्यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, केआईसिंह गाउँपालिकामा ११ मध्ये नौ महिला र शिखर नगरपालिकामा १० मध्ये छ महिलाले स्थायी बन्ध्याकरण गराएको नेपाल परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले बताए । स्थायी बन्ध्याकरण सुविधा लिनेमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायल गाउँपालिकामा १७ मध्ये १२ महिला र बडीकेदार गाउँपालिकामा २५ मध्ये १७ महिला छन् । 

बोगटान गाउँपालिकामा भने पुरुषको सङ्ख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् । पुरुषले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलामा परेको र यसले गर्दा उनीहरुले श्रीमानलाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको फुलाराले बताए ।  

पुरुषले बन्ध्याकरण गर्दा शारीरिक रूपमा कमजोरी नहुने जिल्ला अस्पतालका डाक्टर अवस्थीले बताए । उनले भने, 'बन्ध्याकरण गरेकालाई सामान्य ढाड दुख्ने समस्या हुनसक्ने तर अन्य कुनै समस्या हुँदैन ।' डोटीका महिला श्रीमानमाथि बढी निर्भर भएका कारण श्रीमानलाई केही भई पो हाल्छ की भनेर बन्ध्याकरण गर्न नदिने गरेको डाक्टर अवस्थीको अनुमान छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x