×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेश सभाको बुधवार बसेको बैठकमा सरकारको कामले प्रशंसा पाएको छ । सत्ता पक्षीय सांसदहरूले यसअघिका बैठकमा सरकारको चर्को आलोचना गर्ने गरेको इतिहास भएपनि बुधवार भने सरकारको निर्णयलाई स्वागत गरे ।  

Muktinath Bank

सरकारले २०७१ सालदेखि पालमा बस्दै आएका १०४५ जना बाढीपीडितहरूलाई तीन लाख रुपैयाँ दिएर जग्गा भएकाहरूको हकमा आवास बनाउने तथा जग्गा नभएकाहरूको हकमा उनीहरूलाई एकीकृत बस्तीको रूपमा बसाल्ने निर्णय गरेको भन्दै संसदहरूले सरकार धन्यवाद दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै सरकारले कर्णालीका जिल्लामा असिना तथा हावाहुरी पीडितलाई दुई करोड बजेट विनियोजन गरेको बताउँदै सांसदहरू खुशी भएका छन् । प्रदेशसभा सदस्य सीता नेपाली, चन्द्रबहादुर शाही, अम्मरबहादुर थापा, मिनासिंह रखाल, पद्मा खड्का, पदमबहादुर रोकाया, गणेश प्रसाद सिंह लगायतले सरकारको उक्त निर्णयको स्वागत गरेका हुन् । ‘संघीय सरकारले गर्न नसकेको निर्णय प्रदेश सरकारले गरेको छ,’ सांसद सीता नेपालीले भनिन्, ‘हामी सबैको तर्फबाट सरकारलाई धन्यवाद छ ।’ उनले बल्ल सरकारले पीडितको पीडा बुझेको बताइन् ।


Advertisment
Nabil box
Kumari

पत्रकारका कुरा पहिलोपटक प्रदेश सभामा

Vianet communication

प्रदेश सभा सदस्य देवी ओलीले पत्रकारका कुरा सदनमा उठाएकी छन् । ‘सरकारले पत्रकार स्वास्थ्य बीमा गर्ने भनेको र त्यो कार्यक्रम अन्तर्गत २८८ जना पत्रकारको फाराम मन्त्रालय पुगिसकेको सुनेको छु,’ उनले भनिन्, ‘त्यो कार्य तत्काल अघि बढोस् र पत्रकारहरूको क्षमता अभिवृद्धि, महिला पत्रकारहरूको अवस्था लगायतका विषयमा सरकारले ध्यान देओस् ।’

पत्रकारको क्षमता विकास गर्न सकिए त्यसले कर्णालीको सकारात्मक सन्देश जाने संसद ओलीको भनाइ थियो ।

जिल्लामा नै सम्झौता गर्ने व्यवस्था होस्

प्रदेशसभा सदस्य झोवा बिकले मुगाली जनतालाई जुम्ला अपायक परिरहेको बताएकी छन् । 

‘योजना १५ लाखको छ । सम्झौता गर्न जुम्ला आउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘टाढा आउँदा उपभोक्ता समितिले के खाने, के काम गर्ने ? जिल्लामा नै सम्झौता गर्ने व्यवस्था गरियोस् ।’

उनले दैलेखको दहिखोलामा बारम्बार पहिरो जाने गरेको बताउँदै उक्त समस्याको दीर्घकालीन समाधान निकाल्न सरकारलाई आग्रह गरिन् । सांसद विकले जनता जेठ महिनामा ‘किरा’ यार्सागुम्बा टिप्न जाने गरेको बताउँदै थप सुरक्षाको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरिन् । 

आज सम्पन्न बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संसदमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारीत गरेको छ । त्यसअघि दफावार छलफलमा भाग लिँदै सत्ता पक्षका प्रमुख सचेतक गुलावजंग शाह र प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x