बाबा रामदेवले गरे मोदीको समर्थन, उनको 'ट्र्याक रेकर्ड' राम्रो रहेको दाबी

बैशाख ३, २०७६

काठमाडौं – भारतका योग गुरु बाबा रामदेवले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावमा समर्थन दिने घोषणा गर्दै देशलाई सशक्त नेतृत्व आवश्यक रहेको बताएका छन् । 

जयपुरको चित्रकूटमा पतञ्जलि परिधान केन्द्रको उद्घाटन गर्न आएका बाबा रामदेवले नेता र दललाई छान्नका लागि मतदाताहरूले उनीहरूको ट्य्राक रेकर्ड हेर्नुपर्ने बताए । 


ADVERTISEMENT

मोदीको पाँच वर्षको ट्य्राक रेकर्ड राम्रो रहेको रामदेवको भनाइ छ । चुनाव प्रचारमा किन नदेखिनुभएबको भन्ने प्रश्नमा उनले मोदीको समर्थन गर्नु नै ठूलो कुरा भएको बताए । 

भारतको भविष्य उज्जवल रहेको तर आगामी ४० वर्षसम्म सशक्त नेतृत्व आवश्यक रहेको र उसैले भारतलाई हरेक क्षेत्रमा अघि बढाउने उनको भनाइ थियो । 

चुनावमा महंगी, भ्रष्टाचार, विदेशबाट कालो धन फिर्ता ल्याउने मुद्दासँगै राष्ट्रवादको मुद्दा पनि हुनुपर्ने उनले बताए । 

एजेन्सी

बैशाख ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस