माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
हुम्ला – जिल्लाको एक मात्र मालपोत कार्यालयमा ३ महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यालय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।
सरुवा भएको महिनादिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख मिमसिंह नेपालीले सम्मालिरहेका छन् ।
आफूलाई निमित्तको जिम्मा दिएपनि अधिकार नदिएका कारण अन्तिम अवस्थामा हरेक दिन कार्यालयमा जग्गासम्बन्धी रजिस्ट्रेसन तथा नामसारी गर्नेको संख्या धेरै आउने गरेतापनि सेवाग्राहीले खाली हात फर्कन बाध्य भएको उनले बताए । अहिले मालपोत कार्यालय कम्प्युटर अपरेटर मिमसिंह नेपालीले सम्हालिरहेका छन् ।
३ महिनादेखि कार्यालय प्रमुख नहुँदा जग्गा पास, राजीनामा, नामसारी, रजिस्ट्रेसन, बकपत्रजस्ता काम रोकिएको नेपालीले बताए ।
हुम्ला प्रदेश राजधानीसँग जोडिएन
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिक प्रदेश राजधानी पुग्न प्रदेश नम्बर ५ भएर जाने गरेका छन् । यातायातको एक मात्र विकल्प हवाई उडान रहेको छ । कर्णाली प्रदेशको केन्द्र सुर्खेत र हुम्लाको सदरमुकाम सिमकोटबीच प्रत्यक्ष सम्पर्क जोडिएको छैन ।
हुम्लाका बासिन्दाले आफ्नो प्रदेशको केन्द्र पुग्न नियमित प्रदेश नम्बर ५ को नेपालगञ्ज भएर आवतजावत गर्ने गरेका छन् । हुम्लामा उडान भर्ने निजी हवाई कम्पनीले सुर्खेत—सिमकोट नियमित यात्रु उडान नगर्दा प्रदेशको केन्द्रसँग हुम्लाको सदरमुकाम प्रत्यक्ष सम्र्पक नजोडिएको हो ।
निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट मात्र यात्रु उडान गर्दै आएका छन् । केही समय पहिले सीता एयरले कर्णालीका हुम्ला, मुगु, डोल्पा, र जुम्लामा सुर्खेतदेखि नियमित यात्रु उडान गर्ने तालिका निकालेको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र हुम्लाको सिमकोट पुगेर नियमित यात्रु उडानको शुरुआत भएकोे घोषणा गरेका थिए । प्रदेशको केन्द्र सुर्खेतसँग जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि बेवास्ता गरेको छ ।
संघ र प्रदेश दुवै सरकारले ध्यान नदिँदा प्रदेश नम्बर ५ को नेपालगञ्ज हुँदै कर्णाली प्रदेश जानुपर्ने बाध्यता रहेको हुम्लाका स्थानीयवासीको गुनासो छ । सुर्खेतबाट हुम्ला, मुगु डोल्पा, र जुम्ला उडान नभएपछि यात्रु नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...