प्रज्ञा भवनमा नेकपाको कार्यक्रम : यसरी सजाइयो आकर्षक मञ्च !

बैशाख ९, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया अन्तर्गत जिल्ला तहका अध्यक्ष र सचिवको घोषणा सोमबार हुँदैछ । 

जिल्ला तहका पदाधिकारीको घोषणाका लागि काठमाडौंको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिएको छ ।


ADVERTISEMENT

लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा भइरहेको जिल्लाका पदाधिकारी घोषणा कार्यक्रमका लागि मञ्च सजाएर आकर्षक बनाइएको छ ।

मञ्चमा तत्कालीन नेकपा एमालेको चुनाव चिह्न सूर्यभित्र माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसियाहतौडा राखिएको छ । मञ्चमा चुनाव चिह्नको चित्रलाई महत्त्वका साथ ठूलो स्थान दिइएको छ ।

मञ्चमा नेपाल कम्युनिस्ट पार्टी ७० औं वार्षिकोत्सव समारोह लेखिएको छ भने लेनिनको पूर्णकदको प्रतिमा राखिएको छ । कम्युनिस्ट नेताहरू पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, सहाना प्रधान लगायतको तस्वीर समेत मञ्चमा राखिएको छ ।

जिल्ला तहका पदाधिकारीको घोषणा र एकता प्रक्रिया टुंगिने भएका कारण प्रज्ञा भवनमा नेकपाका नेता कार्यकर्ता भेला भइरहेका छन् ।

बैशाख ९, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर मल्टीमिडिया संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस