मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडौं – साउदी अरब सरकारले ३७ जनालाई मारेर तीमध्ये एकजनाको क्षतविक्षत शरीर पोलमा झुण्ड्याएपछि अधिकारवादी समूहहरूले आपत्ति जनाएका छन् ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार, देखावटी पूर्पक्षपछि ती व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको थियो ।
कट्टरपन्थी मुलुक साउदीले मंगलवार तीन वर्षयताको सबभन्दा ठूलो आम मृत्युदण्ड दिएको हो । मोहम्मद बिन सलमान देशको युवराज बनेपछि पहिलोपटक यति ठूलो संख्यामा मृत्युदण्ड दिइएको हो ।
मारिएकामध्ये ३४ जना अल्पसंख्यक शिया समुदायका मानिस भएको साउदीबाट भागेका अली अल–अहमदले जनाएका छन् । उनका अनुसार, साउदीको इतिहासमा शियाहरूलाई मृत्युदण्ड दिइएको यो सबभन्दा ठूलो घटना हो ।
यी व्यक्तिहरूले अतिवादी विचारधारा प्रवर्द्धन गरेको र आतंकवादी सेलहरू गठन गरेकोले मृत्युदण्ड दिइएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको तर्कअनुसार, उनीहरू धार्मिक तनाव चर्काउन र देशलाई अव्यवस्थाको दलदलमा फसाउन लागिपरेका थिए । केहीले कानून कार्यान्वयन अधिकारीलाई मारेका थिए भने, अन्यले देशको सुरक्षा संयन्त्रमा आक्रमण गरेका थिए र केहीले देशको शत्रुलाई सहयोग गरेका थिए ।
टाउको गिँडिएका एक व्यक्तिको शरीरलाई पोलमा झुण्ड्याएर सार्वजनिक स्थानमा राखिएको थियो । उनी सुन्नी लडाकू भएको बताइएको छ ।
साउदी सरकारले सबै मृत्युदण्ड कानूनबमोजिम नै गरिएको जिकिर लिएको भए पनि एम्नेस्टी इन्टरनेसनलले स्तब्ध बनाउने मृत्युदण्ड सिलसिलाप्रति चिन्ता व्यक्त गरेको छ ।
एम्नेस्टीका अनुसार, ११ जनालाई साउदी अरबको कट्टर शत्रु इरानका लागि जासूसी गरेको आरोपमा दोषी पाइएको थियो भने १४ जनालाई सन् २०११–१२ मा सरकारविरोधी आन्दोलनका बेलामा गरेको हिंस्रक कसूरका लागि मृत्युदण्ड दिइएको थियो ।
त्यतिखेर भएको प्रदर्शनले देशको पूर्वी प्रान्त हल्लाएको थियो । उक्त प्रान्तमा शिया अल्पसंख्यकहरू बस्छन् र उनीहरू शियाविरुद्धको विभेद रोक्नुपर्ने अनि राजनीतिक बन्दीलाई मुक्त गर्नुपर्ने माग राख्थे ।
आरटीबाट
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...