पत्नी गिन्नीबारे के भन्छन् कपिल शर्मा ?

बैशाख २३, २०७६

एजेन्सी-भारतीय कमेडियन कपिल शर्माको 'द कपिल शर्मा शो'को दोस्रो सिजन दर्शकहरूले मन पराइरहेका छन् ।

उनको शो ले यतिबेला राम्रो टीआरपी पाइरहेको छ । यसैबीच कपिलको एउटा अन्तर्वार्ता भाइरल भइरहेको छ ।  


ADVERTISEMENT

अन्तर्वार्तामा कपिलले पत्नी गिन्नी चतरथको बारेमा खुलासा गरेका छन् । कपिलले गत डिसेम्बर २०१८ मा गिन्नीसँग विवाह गरेका थिए ।

विवाह भएको पाँच महिनापछि पत्नीबारे के सोच्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, 'मेरी पत्नी मेरो सबैभन्दा ठूलो आलोचक र सबैभन्दा ठूलो प्रशंसक हो ।' 

उनी मेरो चुट्किलामा हाँस्छिन् र कमिक टाइमिङलाई खुब नोटिस गर्छिन् । उनले विवाहपछि एउटा कुरामा परिवर्तन आएको बताए । पहिला उनी बाहिरी विषयमा कमेडी गर्थे भने अहिले वैवाहिक अनुभवसँगै हसाइरहेका छन् । 

बैशाख २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस