सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

बैशाख २३, २०७६

काठमाडौं- सोमवार सुनको भाउ वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा चार सयले बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


ADVERTISEMENT

त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

चाँदीको भाउमा भने आज कुनै पनि परिवर्तन आएको छैन । चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

बैशाख २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस