कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौं – भारतको लोकसभा चुनावमा एक चरणको मतदान बाँकी नै छ तर कांग्रेसले बहुमत पाउने आत्मविश्वास देखाएको छैन । गठबन्धनमा सरकार बनाउने र गठबन्धनको प्रधानमन्त्री पद पाइएन भने पनि चित्त नदुखाउने कांग्रेसको भनाइ छ ।
कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादले पार्टीको एक मात्र उद्देश्य एनडीएलाई केन्द्रमा फेरि सरकार बनाउनबाट रोक्नु रहेको बताए ।
आजादले भने, ‘हामीहरूले आफ्नो अडान स्पष्ट पारिसकेका छौं । कांग्रेसको पक्षमा सहमति बनेमा हामी नेतृत्व स्वीकार गर्छौं । तर हाम्रो लक्ष्य सधैंभरि एनडीएको सरकारलाई सत्तामा आउनबाट रोक्नु नै हो । हामीहरू सर्वसम्मतिबाट लिइएको फैसलालाई मान्छौं ।’
आजादको यो भनाइले कांग्रेस चुनावको परिणामका विषयमा खासै उत्साहित नभएको देखाउँछ । भाजपालाई सत्तामा आउनबाट रोक्नका लागि पार्टी ठूलै त्याग गर्न पनि तयार रहेको संकेत यसबाट पाइन्छ ।
कांग्रेस महासचिव आजादले भने, ‘हामीलाई प्रधानमन्त्री पदको प्रस्ताव नगरिएसम्म यस विषयमा केही पनि भन्दैनौं र कुनै पनि जिम्मेवारी सम्हाल्नमा आपत्ति जनाउँदैनौं ।’
गृहमन्त्री राजनाथ सिंहले विपक्षीहरूलाई चुनौती दिँदै आमचुनावमा जीतको विश्वास भएमा प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गर्न भनेका थिए ।
केही दिनअघि कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले आफ्नो दलले बहुमत ल्याउने सम्भावना नदेखेको बताएका थिए । एक अन्तर्वार्तामा उनले कांग्रेसले आफ्नै बलबुतामा बहुमत ल्याउने चान्स छैन तर कांग्रेस नेतृत्वको यूपीए गठबन्धनको सरकार बन्न सक्छ ।
एजेन्सी
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...