एनआईसी एशिया बैंक र अल्का अस्पतालबीच सम्झौता

जेठ २, २०७६

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालिबीच सम्पूर्ण ग्राहकहरूलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापनअधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्याश्रेष्ठ थापा तथा प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रूपमा हस्ताक्षर गरे ।

बैंकले मुलुकभर रहेका २८३ वटा शाखा कार्यालय, २८९ वटा एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । 

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस