×

NMB BANK
NIC ASIA

पाँचथर घटनाबारे सदनमा गृहमन्त्रीको जवाफ- पारिवारिक कलहसँग सम्बन्धित जस्तो देखिन्छ !

जेठ ८, २०७६

NTC
Premier Steels

काठमाडौं –गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको विषयमा अनुसन्धान भइरहेको जवाफ सदन समक्ष दिएका छन् ।

Muktinath Bank

राष्ट्रिय सभाको बुधवारको बैठकमा गृहमन्त्री थापाले पाँचथरको मिक्लाजुङ- ३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान भइरहेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही गाउँपालिकाको वडा नम्बर ८ मा  एक व्यक्तिको शव झुण्डिएको अवस्थामा फेला परेको र ती व्यक्तिसहित १० जनाकै शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी गृहमन्त्री थापाले दिएका छन् ।


Advertisment
Nabil box
Kumari

घाइते भएकी किशोरीको दमकमा उपचार भइरहेको जानकारी समेत उनले दिएका छन् ।

Vianet communication

त्यसक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले घटना पारिवारिक कलहसँग सम्बन्धितजस्तो देखिएको बताए ।

'पारिवारिक कलहसँग सम्बन्धित छ भन्ने कुरा आएको छ, अनुसन्धान जारी छ,' गृहमन्त्री थापाले भने ।

सांसदहरूले त्यही परिवारमा केही दिनअघि नूनमा शिशा मिसाइएको पाइएको भन्दै त्यसको अनुसन्धान किन भएन भन्ने प्रश्न समेत गृहमन्त्री थापालाई सोधेका थिए ।

जवाफमा गृहमन्त्री थापाले उक्त सूचना यसअघि गृहमन्त्रलयसम्म नआएको बताए ।

पाँचथरको मिक्लाजुङ- ३ का बमबहादुर फियाक र धनराज शेर्मको परिवारका ९ जनाको सोमवार राति विभत्स हत्या भएको थियो । फियाक र शेर्मा नाताले ज्वाइँ/ससुरा हुन् ।

बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिम मिक्लाजुङ- ८ मा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनामा माखिमकै संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

पढ्नुहोस्, यो पनि :

पाँचथर हत्याकाण्ड : ‘आत्महत्या’अघि मानबहादुरले एकाबिहानै ५ हजार मागेको त्यो ‘अन्तिम कल’ !

भतिजाको बयान : घरज्वाइँ नबस्दा सम्बन्धविच्छेदको प्रक्रिया, अंशमा कुरा अड्किएपछि ...
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x