कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडौं - नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयनका लागि शनिवार निर्वाचन भयो । निर्वाचनस्थल महेन्द्र पुलिस क्लबको माहोल हेर्दा लाग्थ्यो- के यो कलाकारहरूकै निर्वाचन हो त ?
पुराना कलाकार उत्तम केसीलाई त्यस्तै लाग्यो रे ! उनि भन्दै थिए, –‘खोइ चिनिएका कलाकार ? तपाईं आफै ५० जना चिनिएका कलाकार पनि देख्नुभएन होला ?’
उनी कलाकार संघमा गैह्र कलाकारलाई सदस्यता बाडिएको दाबी गर्छन् । निर्वाचनमा आउँदा अराजक माहोल देखेर आफूले मतदान समेत नगरेको उनले बताए ।
निर्वाचनमा उठेका केही उम्मेदवारलाई समेत आफू स्वयंले पनि नचिनेको बताउँदै उनले भने, 'त्यस्ता उम्मेदवारले जितेर केही गर्नुहुन्छ भन्ने नै लाग्दैन । त्यसैले मतदान गरिनँ ।’
कलाकार उमेश खड्का संघमा नयाँ–पुराना कलाकारहरूलाई आवद्ध गराउनुपर्ने बताउँछन् ।
उनले भने, 'कलाकारहरूको उत्सवको दिनमा चिनिएका कलाकारहरू नआउँदा साह्रै दुःख लागेको छ । म यो कुरा पछि संघमा उठाउनेछु ।’
केही दिनअघि फर्काैं, अभिनेत्री सरिता लामिछाने सामाजिक सञ्जालमा खुबै छाइन् । चलेका अभिनेत्रीहरूले सामाजिक सञ्जालमार्फत् उनको पक्षमा मत मागे ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, झरना थापा, नीता ढुंगाना लगायत थिए, जसले लामिछानेका लागि भोट मागे । तर उनीहरू नै मतदानमा उपस्थित भएनन् ।
मतदानस्थलमा चलेका अभिनेताहरूको पनि अनुहार देखिएन् ।
अहिलेका ‘स्टार’ मानिने अभिनेताहरू अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलोन बस्नेत, पुष्प खड्का लगायत मतदानमा देखिएनन् ।
नयाँ/पुराना चिनिएका कलाकारहरू उपस्थित नहुँदा माथि उल्लेखित कलाकारहरूको अनुपस्थितबारे सञ्चारकर्मीहरूले समेत चासो दिएका थिए ।
कोहीले सदस्यता नलिएका होलान्, कोही सुटिङमा व्यस्त होलान् । तर, सोच्दा कलाकार संघप्रति कलाकारहरूको आस्था राम्रो बन्न नसकिरहेको बुझिन्छ ।
कलाकार संघको पहिलो आवश्यकता नै नयाँ–पुराना कलाकारलाई मिलाएर अगाडि बढ्नु हो ।
निर्देशक तथा कलाकार शोभित बस्नेत भन्छन्, ‘यहाँ चुनाव भइरहेको छ । बाहिर पार्टीपार्टीका मानिसहरू बसिरहेका छन् । नयाँ कलाकारहरूमा मात्र होइन, पुराना कलाकारहरूमा पनि संघप्रतिको आस्था न्यून देखिन्छ ।’
आशा गरौं, रविन्द्र खड्का नेतृत्वको कार्यसमितिले नयाँ पुराना कलाकारहरुलाई मिलाएर संघप्रतिको आस्था बढाउला ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...