×

NMB BANK
NIC ASIA

गाउँपालिकाले ‘भ्रमण वर्ष’ मनाउने

असार १०, २०७६

NTC
Premier Steels

बागलुङ – ताराखोला गाउँपालिकाले विक्रम संवत् २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ ।

Muktinath Bank

गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न ७० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ,’ उनले भने, ‘यो वर्ष पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिन्छौं ।’


Advertisment
Nabil box
Kumari

सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवास (होमस्टे) सञ्चालनलगायत पूर्वाधार तयारीका काम अघि बढाइने छ । पर्यटनका लागि चाहिने न्यूनतम पूर्वाधार र सेवासुविधाका लागि बजेटमार्फत काम हुने अध्यक्ष घर्तीले बताए । प्राकृतिक सौन्दर्य, कला, संस्कृति र रहनसहनका कारण ताराखोलामा पर्यटक लोभिनेछन् । स्थानीय उत्पादनमा पनि ताराखोला अघि छ ।

Vianet communication

गाउँपालिकाको मुख्य बाली आलु र भाँगो हो । गाईघाटको झरना, डुडेलेक लगायतका दर्जनौं पर्यटकीय गन्तव्य यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने, असारे मेला जस्ता मौलिक संस्कृतिले पनि ताराखोला धनी छ । 

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिरका लागि ताराखोला उचित गन्तव्य मानिन्छ ।

पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ ।

नीति, कार्यक्रममै भ्रमण वर्ष घोषणा हुनले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको पर्यटन विकास समिति बागलुङका उपाध्यक्ष राज थापाले बताए । ‘ताराखोला पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र हो,’ उनले भने, ‘भ्रमण वर्षले जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।’

गाउँपालिकाकै पहलमा वडा नम्बर २ अर्गल र ५ को सीपमा घरवास (होमस्टे) सञ्चालनको तयारी छ । घरवासमा पूर्वाधार तयारीको काम भइरहेको जनाइएको छ । चालू आवमा घरवास कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

पर्यटनसँगै पूर्वाधार विकास, कृषि, शिक्षा, खानेपानी, खेलकूदलगायत बजेटको प्राथमिकतामा छन् । आउँदो वर्षभित्र ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने योजना छ । गाउँपालिकाले आगामी वर्षका लागि २५ करोड ३५ लाख ३१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । ससर्त अनुदानसहित चालूतर्फ १३ करोड ७० लाख रुपैयाँ, पूँजीगततर्फ ९ करोड ७२ लाख ३१ हजार रुपैयाँ र चालू प्रशासनिकतर्फ ४ करोड ८५ लाख ७० हजार रुपैयाँ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x