×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गएको चैत १५ देखि सञ्चालन भइरहेको साझा घर असहायको सहारा बनेको छ । अहिलेसम्म साझाघरले २७ जनाको हेरचाह गरिरहेको छ । ९ जनालाई परिवारसँग मिलन गराइसकेको छ । घरमा मानसिक सन्तुलन गुमाएका, परिवारबाट विछोड भएका तथा सडक बालबालिकाले आश्रय लिइरहेका छन् । सेवकहरू विनोद चौलागाई, भीमबहादुर विश्वकर्मा, विष्णुबहादुर शाही, तपेन्द्र विक, अहेब कल्पना मल्लले निःशुल्क सेवा दिइरहेका छन् ।

Muktinath Bank

दैलेख, सुर्खेत, कालिकोटबाट असहायहरू आएका छन् । ‘दैलेखको तल्लो डुंगेश्वर देखि ६ जना, कालिकोटबाट पनि असहाय ल्याएका थियौं,' सेवक विनोद भन्छन्, ‘हामी सबैले निःशुल्क सेवा गर्दै आइरहेका छौं ।’ उनले अहिले एक लाख पचास हजार जति मासिक खर्च भइरहेको जानकारी दिए । ‘यहाँ आएका मानसिक सन्तुलन गुमाएका बिरामीहरूको लागि औषधि काठमाडौं तथा अन्यत्रबाट मगाउनु पर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यही कारण एक लाख पचास जति मासिक खर्च हुने गरेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्का सेवक भिमबहादुर घरभाडा मात्रै मासिक २२ हजार तिर्ने गरेको बताउँछन् । ‘दश ओटा कोठा लिएका छौं । कोठा भाडा २२ हजार तिर्ने गरेका छौं,’ वीरेन्द्रनगरको वडा नं. ९ लाटीकोइलीमा सञ्चालन गरिएको उक्त साझा घरमा पानीको धारा नभएको बताउँदै भिमले भने, ‘हामीलाई अहिले छिमेकीले पानी दिइरहेका छन् ।’ त्यहाँ रहेका बालबालिकाहरूलाई विद्यालयमा पनि पठाउने गरिएको छ । ‘दुई जनालाई हामीले नवज्योतिमा अध्यापन गराइरहेका छौं ं। नवज्योतिले निःशुल्क अध्यापन गराइदिएको हो,' उनी भन्छन्, ‘अन्यलाई शिव माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका छौं ।’ उनले सेवा गर्ने मन भएकालाई साझा घरमा जहिले पनि स्वागत गर्न तयार रहेको बताए ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नांगै, भोकै बस्न नपर्ने बताइरहेका बेला साझा घर भने आर्थिक अभावको चपेटमा छ । अर्का सेवक विष्णुबहादुर शाहीले प्रधानमन्त्रीले बोलेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । ‘देशका कार्यकारी प्रमुखले बोलेका कुरा पुरा गर्नैपर्छ,’ उनी भन्छन्, ‘असहायका लागि खुलेका यस्ता घरमा राज्यले नै लगानी बढाउनुपर्छ ।’

Vianet communication

एक मुठी चामल सहयोग गर्न आग्रह

साझा घरका सेवकहरूले हरेक विद्यालय तथा अन्य समुदायलाई एक मुठी चामल दिन आग्रह गरेका छन् । ‘हामी एक मुठी चामल वा दाल दिनुहोस् भनेर आग्रह गर्दछौं,’ उनले भने, ‘त्यसका लागि निकट भविष्यमा कालिकोटका विद्यालयमा जाने योजना बनाएका छौं ।’ 

साझा घरमा रहेका ती असहायलाई स्थानीय एक पसलबाट उधारोमा दाल चामल ल्याउने गरिएको छ । केही सहयोगी मानिसहरू आएर आएर थोरै भएपनि दाल, चामल ल्याएर दिने गरेको सेवकहरू बताउँछन् । साझा घरका सेवकहरूले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा अन्य मन्त्रालयमा सहयोगका लागि कागजात पनि पेश गरे तर कतैबाट पनि सहयोग संकलन जुट्न सकेको छैन ।

आफूहरूले आफ्ना लागि नभई सरकारले गर्नुपर्ने काम गरिरहेको उनीहरूको भनाइ छ । साझा घरका सेवकहरूले कर्णालीका कुनैपनि व्यक्ति असहाय तथा मानसिक रोगी वा सडक बालबालिका भए साझा घरको फोन नम्बर ९८६५६०९३७९ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनीहरूले सहयोगी मनकारीलाई साझा घरका असहायका लागि नाना, खानाको व्यवस्था गर्नका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x