अस्ट्रेलियामा ८० प्रतिशत कामदार काम गर्ने ठाउँमै घाइते वा बिरामी, यस्तो छ कारण

साउन २९, २०७६

काठमाडौं – अस्ट्रेलियामा पाँचमध्ये चार कामदार असुरक्षित कार्यप्रणालीका कारण घाइते र बिरामी भइरहेका छन् । हालै गरिएको एक सर्वेक्षणले यो खुलासा गरेको हो । 

वर्क शुडन्ट हर्ट (कामले चोट दिनुुहुँदैन) नामक यस सर्वेक्षणको नतिजा अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्सले केही दिनअघि जारी गरेको हो । कुल २६ हजार कामदारमाथि सर्वेक्षण गरिएको थियो । 


ADVERTISEMENT

सर्वेक्षणले लगभग ८० प्रतिशत कामदार कामकै कारण घाइते, बिरामी वा दुवै भइरहेको देखाएको छ । अनि १६ प्रतिशत कामदारले कामकै सिलसिलामा ज्यान गुमाउने मानिसका बारेमा थाहा पाएका छन् । कामसँग जोडिएको रोगका कारण उनीहरूको मृत्यु भएको हो । 

सर्वेक्षणमा ४७ प्रतिशत सहभागीहरूले विगत १२ महिनामा कामका बेलामा पीडादायी स्थिति सामना गर्नुपरेको थियो । अनि ३१ प्रतिशतले सहकर्मी र ग्राहकले आफूलाई गाली गरेको, धम्की दिएको वा कुटपिट गरेको बताए । पाँचमध्ये

तीन कामदारले विगत १२ महिनामा खराब मानसिक स्वास्थ्यको सामना गर्नुपरेको बताए किनकि रोजगारदाताले असुरक्षित कामकाजी स्थितिलाई सुधार्न सकेका छैनन् । 

एसीटीयूका सहायक सचिव लियाम ओब्रायनले फेयरफ्याक्स मिडियासँग सोमवार कुरा गर्दै चोट लाग्ने वा मानसिक स्वास्थ्य बिग्रने घटनाबाट पूरै बच्न सकिन्थ्यो भने । उनले भने, ‘काममा कसैलाई पनि मानसिक वा शारीरिक कष्ट हुनुहुँदैन । वर्क शुडन्ट हर्ट सर्वेक्षणबाट धेरै कामदारले काममा हिंसा, प्रताडना र खराब कामकाजी स्थितिको सामना गर्नुपरेको देखाउँछ जबकि यीमध्ये धेरैजसोलाई रोक्न सकिन्छ ।’

एजेन्सी
 

साउन २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस