कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भदौ ८, २०७६
काठमाडौं– पछिल्लो समय वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन तल्लीन देखिएको सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन, कानूनलाई कामदारमैत्री बनाउँदै लगेको छ ।
यसअघिका कानून कामदारभन्दा पनि म्यानपावर व्यवसायी अनुकूलका रहेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । सरकारले गत वर्ष मात्रै म्यानपावर व्यवसायीलाई व्यावसायिक आचरणप्रति जिम्मेवार बनाउन वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरेको थियो ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई बढीभन्दा बढी सेवा, सुविधा, सहुलियत प्रदान गर्दै कामदारको भावना सम्बोधन गर्न सरकारले गत साता मात्र वैदेशिक रोजगार नियमावली, २०६४ लाई संशोधन गरी कामदारमैत्री बनाएको छ । नियमावलीको पाँचौँ संशोधनले गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति प्रदानदेखि कामदारले प्राप्त गर्ने राहतका लागि स्थानीय तहबाटै निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
अबदेखि गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगले एकपटकमा बढीका लागि दुई वर्षका लागि पुनःश्रम स्वीकृति जारी गर्नेछ । यस व्यवस्थासँगै विदेशमा रहेका थुप्रै नेपाली युवाले ठूलो राहत पाउनेछन् । यसअघि श्रम स्वीकृतिको अवधि सकिएपछि पुनःश्रम स्वीकृतिका लागि नेपाल नै आउनुपर्ने अवस्था थियो ।
घरपालुवा कुकुरलाई जथाभावी शौच गराए महानगरले कारवाही गर्ने
के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने शनिबारैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् ।
अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ ।
मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन पनि आग्रह गरेको छ ।
कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिए ।
पूर्वराष्ट्रपति डा यादव
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् ।
समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको ‘कृति संविधान निर्माण घटना र अनुभूति’ को शनिबार यहाँ विमोचन गर्दै उनले भने, “२०६२÷६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो ।”
पूर्वराष्ट्रपति यादवले भने, “कतिपय शक्तिले संविधानसभा नै भङ्ग गर्न खोजिरहेको निकै अप्ठ्यारो समयमा कतिपय जातजाति र समुदायले उठाएका मुद्दा नसमेटिए पनि सबैको भावनालाई संविधानले आत्मसात गरेको छ, त्यसैले यो उपलब्धिको रक्षा गर्न राजनीतिक दलले निकै सोच विचार पु¥याएर काम गर्नुपर्छ ।
संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गरे ।
तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताए ।
कश्मीर विवाद
जम्मु कश्मीरको पछिल्लो घटनाक्रमको विषयमा भारत र पाकिस्तानले नेपालको स्पष्ट धारणा माग गरेका छन् ।
५ अगस्टमा भारतले जम्मु कश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच तनावको अवस्था रहँदै आएको छ ।
भारत र पाकिस्तानले सार्क राष्ट्रको अध्यक्षको हैसियतले जम्मु कश्मीरको विषयमा आफू अनुकूल बोल्न दबाब दिइरहेका छन् । तर नेपालले भने सो विषयमा नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।
केही दिनअघि मात्रै नेपाल भारत संयुक्त बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरदे भारतको समर्थन गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गरेका थिए ।
यस्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसी र ज्ञवालीबीच पनि यही विषयमा टेलिफोन वार्ता भएको थियो । राजधानी दैनिकमा खबर छापिएको छ।
सिंगापुरमा यसरी हुँदैछ केपी ओलीको उपचार
उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित उपचार प्रक्रिया थालिएको प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माले जानकारी दिएका छन् । उनका अनुसार एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया थालिएको छ।
प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार थालिएको डा शर्माले बताए ।
मिगौलारोज विशेषज्ञ डा ऋषि काफ्लेले प्रधानमन्त्री ओलीको ट्रान्सप्लान्ट गरिएको मिर्गौला विस्तारै कमजोर हुँदै गएको बताए । काफ्लेले उपचार विधिबाट प्रधानमन्त्री सामान्य अवस्थामा आउने या पुन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भन्ने निक्र्योल हुने बताए ।
आजको राजधानी दैनिक काफ्लेलाई उदृत गर्दै लेख्छ–प्रधानमन्त्रीका मुटु, फोक्सोलगायतका अंग स्वस्थ छन् । शरीरमा इन्फेक्सन छैन । तसर्थ मिर्गौला प्रत्यारोपण गर्नुपरे पनि प्रधानमन्त्री सक्षम हुन्छन्, सजिलै प्रत्यारोपण हुन सक्छ ।
नेकपाले दुईथरी स्कुल सञ्चालन गर्ने
काठमाडौं– सत्तारुढ दल नेकपाले पार्टी नेता कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुई थरी स्कुल सञ्चालन गर्ने भएको छ ।
पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको पार्टी स्कुल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कुल चलाउन लागेको हो।
नेकपाको स्कुल विभागको कार्यभार सम्हाल्दै विभाग प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले शनिबार यस्तो बताएका हुन् ।
स्कुल विभागले योजना बनाएर देशव्यापी स्कुल सञ्चालन गर्ने र पार्टीमा वैचारिक जागरण ल्याउने पोखरेलले बताए । यो खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रदेश सरकारको रु छ लाख राहत
पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप रु छ लाख प्रदान गरेको हो ।
राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले शनिबार खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गरेकी हुन् ।
काङ्ग्रेसद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकका बुबा प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शनिबार शोक विज्ञप्ति जारी गरी शुक्रबार राति ८७ वर्षको उमेरमा निधन भएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का लेखकको निधनप्रति दुःख व्यक्त गरेका हुन्
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार ट्वीटमार्फत उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै सांसद तथा पूर्वअर्थमन्त्री जेटलीप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनले ट्वीटमा भारतीय जनता, सरकार र शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्तसमेत गरेका छन् । जेट्लीको ६७ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...