×

NMB BANK
NIC ASIA

काठमाडौं – केही दिनयता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षका रूपमा आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । 

Muktinath Bank

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि प्रचण्डले आफ्नो नेतृत्वमा पार्टी एकीकरण प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने र पार्टीभित्र देखिएका अन्य विवादहरू समाधान गर्न प्रयासरत देखिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच व्यक्तिगत तहमै चर्काचर्की भएको थियो । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओली र नेता नेपालबीचको मनमुटावलाई निकै नजिकबाट हेरिरहेका प्रचण्डले शुक्रवार आफ्नै निवासमा नेता नेपाललाई बोलाएर सहमतिमै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

Vianet communication
Laxmi Bank

स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार प्रचण्डले पार्टीभित्रको निर्णय प्रक्रियामा नेता नेपालको सहमति आफ्ना लागि एकदमै महत्त्वपूर्ण रहेको भन्दै फकाउन खोजेका थिए । 

अध्यक्ष ओलीसँग भनाभन गरेका नेता नेपाललाई प्रचण्डले दिएको भरोसाले केही 'कूल' बन्न मदत गरेको जस्तो देखिएको छ । 

नेपालनिकट स्रोतले लोकान्तरलाई भन्यो, 'कमरेड प्रचण्डसँगको भेटपछि उहाँ अलि आशावादी देखिनुभएको छ ।'

भेटमा नेता नेपालले औपचारिक रूपमा आफ्नो असन्तुष्टि सम्बोधन नगरिए मिडियामार्फत नेतृत्वलाई नंग्याउने चेतावनी दिएका थिए । तर प्रचण्डले तत्कालै त्यसो नगर्न आग्रह गरे । 

'तपाईंको असन्तुष्टिलाई सम्बोधन गर्न म प्रयास गर्नेछु,' प्रचण्डको भनाईलाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो । त्यसपछि नेता नेपाल केही दिन मिडियासँग दूरी बनाएर पार्टीभित्रै आफ्नो अन्तरविरोध हल गर्ने योजनामा लागेका छन् । 

सचिवालय बैठकमा आफ्नो ७ बुँदे फरक मतका बारेमा ओलीले छलफल गर्न नमानेपछि नेता नेपालले सञ्चारमाध्यमहरूलाई गुहारेका थिए । फरक मतमा नेता नेपालले पार्टीभित्र औपचारिकताका लागि मात्रै हतार–हतार गरी बैठक बस्ने र बैठकमा कुनै पनि कुरालाई गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकाल्ने काम नभएको आरोप लगाए । 

गलत प्रक्रियाबाट पार्टीलाई नै क्षति पुग्ने गरी एकता प्रक्रियामा निर्णयहरू भएको र त्यसमा घुमाउरो पाराले अध्यक्ष ओली दोषी रहेको उनले प्रतिवेदनमार्फत सार्वजनिक गरे । त्यति मात्र नभएर उनले अध्यक्ष ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुईमध्ये एक जिम्मेवारी छाड्न चेतावनी दिए । 

'नेता नेपालसँग ओली 'फायर' हुनुको भरपर्दो र गतिलो कारण यही एउटा हो,' एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'पार्टीभित्र सैद्धान्तिक र राजनीतिक छलफल हुन छाडेको र व्यक्तिगत स्वार्थका आधारमा डील हुन शुरू भएको यो भन्दा ठूलो अर्को प्रमाण के हुन सक्छ ?'

पार्टीभित्र देखिएका यीनै तमाम विवादहरूको आलोकमा प्रचण्डले पछिल्लो समय नेता नेपाललाई भेटेर आफूमाथि विश्वास गर्न आग्रह गरे भने आइतवार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग करीब २ घण्टा परामर्श गरे । 

नेकपाभित्र देखिएको विभागको नेतृत्वसम्बन्धी विवाद सल्ट्याउन महत्त्वपूर्ण भूमिका खेलेको मानिने राष्ट्रपतिसँग प्रचण्डले २ घण्टाभन्दा बढी कुराकानी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

नेकपाका कतिपय नेताले पार्टीभित्र विवाद हल गर्नका लागि समीकरण नै परिवर्तन गर्नुपरेको र त्यसमा राष्ट्रपति भण्डारीको 'हस्तक्षेप' रहेको स्वीकारेका छन् । 

उपचारका लागि सिंगापुर गएका अध्यक्ष ओली कहिले फर्किने भन्ने टुंगो छैन । उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले एक ट्वीट गर्दै उपचार प्रक्रिया शुरू भइसकेको बताएका छन् । 'प्लाज्मा फेरेसिस' नामको उपचार प्रक्रिया पटक-पटक गर्नुपर्ने र त्यसका लागि केही दिन लाग्नसक्ने भन्दै रिमालले डाक्टर दिव्या सिंहलाई उदृत गर्दै ट्वीट गरेका हुन् । 

उसो त अध्यक्ष ओली आफू बिरामी नभएको र सामान्य फलोअपका लागि मात्र सिंगापुर जान लागेको बताउँदै आइरहेका थिए । आफ्नो आत्मविश्वास त्यति कमजोर नरहेको भन्दै ओलीले विरोधीहरूलाई चुनावको तयारी गर्न निर्देशन दिइसकेका छन् । 

तर अहिले नेकपा आफैं अस्वस्थ बनेको छ । उपचारका लागि 'डाक्टर'का रूपमा प्रचण्ड अघि सरेका छन् । प्रचण्डको पछिल्लो व्यस्तताले उनी उपचारमा लागिसकेको जस्तो देखिन्छ । तर यसका लागि उनले सबैभन्दा असन्तुष्ट बनेका नेता नेपाललाई विश्वासमा लिनुपर्ने हुन्छ । 

जनयुद्धको शुरुवातदेखि नै प्रचण्डलाई कहिले यता कहिले उता गर्ने नेताका रूपमा चित्रित गरिएको पाइन्छ । आफ्नो छुट्टै विचार नभएको बरू कहिले डाक्टर बाबुरामतिर ढल्किने र कहिले 'हार्डलाइनर' मानिने नेता मोहन वैद्यतिर ढल्किने गरेर पार्टीमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको आरोप प्रचण्डमाथि छ ।

पछिल्लो समय भट्टराई र वैद्य दुवै नेताहरू प्रचण्डसँग छैनन् । 

अहिले पनि प्रचण्डका लागि परिस्थिति उस्तै बनेको जस्तो देखिन्छ । तर पात्रहरू परिवर्तन भएका छन् । एकातिर ओली छन् भने अर्कोतिर नेपाल ।

प्रचण्ड अहिलेसम्म नेकपाभित्र समन्वयकारी भूमिकामा देखिएका छन्, अब 'हस्तक्षेपकारी' भूमिका निभाउने उनको तयारी देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x