×

NMB BANK
NIC ASIA

राहतमा लापरवाही

हावाहुरी पीडितका लागि संकलित राहत दायाँबायाँ, हिसाबकिताब गञ्जागोल

भदौ १२, २०७६

NTC
Premier Steels

जनकपुरधाम – गत वर्ष चैत्र १७ गते २ नम्बर प्रदेशको बारा र पर्सामा आएको भीषण हावाहुरीमा ठूलो जनधनको क्षति भयो । मानवीय संकटको बेला देशविदेशबाट नेपाली नागरिकले प्रदेश सरकारलाई आर्थिक सहयोग गरे ।

Muktinath Bank

मुख्यमन्त्री लालबाबु राउतले आर्थिक सहयोग गर्न मुख्यमन्त्री राहत कोष खडा गरेर राष्ट्रिय वाणिज्य बैंकको खातामा रकम जम्मा गर्न अपिल गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपद् परेको बेला अलग खाता खोल्न समय नभ्याएकाले मुख्यमन्त्रीकै कार्यालयसहित विभिन्न मन्त्रालयको साझा खाता रहेको विविध खातामा रकम जम्मा गर्न भनिएको थियो तर ती खातामा जम्मा गरिएको रकम दायाँबायाँ भएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

सर्वसाधारण लगायत विभिन्न प्रदेश सरकारले आर्थिक सहयोग गरेका थिए तर खातामा कसले कति रकम दाखिला गरे भन्नेबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कुनै हिसाबकिताब छैन । राहतका लागि कति रकम जम्मा भयो भन्नेबारे पटक–पटक सूचना माग गर्न जाँदा मन्त्रालयबाट सूचना दिने गरिएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत जितेन्द्र यादवका अनुसार बैंक खातामा मन्त्रालयको नाम समेत किटान गरेर रकम दाखिला नगराइएकाले मन्त्रालयमा कति रकम आयो भन्नेबारे यकिन हिसाब हुनसकेको छैन ।

Vianet communication

प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालयको नाममा समेत संयुक्त खाता रहेकाले रकमको हिसाब त्यहीँबाट मात्र प्राप्त गर्न सकिने भन्दै लेखा अधिकृत यादवले भने, ‘राष्ट्रिय वाणिज्य बैंकको गडबडीका कारण कुन व्यक्ति वा संस्थाले कुन मन्त्रालयका लागि कति रकम पठाए भन्ने कुरा खुल्नै सकेको छैन ।’

सबै मन्त्रालय र कार्यालयको कोड नम्बर अनुसार रकम खातामा दाखिला हुने गरेको छ । सोही अनुसार कतिपय मानिसले मुख्यमन्त्री कार्यालयको लागि किटेरै रकम जम्मा गरेका छन्, त्यसको हिसाब भएपनि अन्य रकममा समेत मुख्यमन्त्री कार्यालयको दाबी हुने हुनाले यकिन आम्दानी कति भयो भन्ने कुरा खुलाउन नसकिएको जनाइएको छ ।

‘कतिपय मानिसले ई–सेवाबाट सोझै खातामा रकम जम्मा गरेका छन्, मन्त्रालयको वा कार्यालयको कोड नै उल्लेख नगरेर रकम दाखिला गरिएकाले समस्या भएको हो,’ लेखा अधिकृत यादवले भने ।

प्रदेश नम्बर १, ३ र ५ सरकारले १/१ करोड रुपैयाँ जम्मा गरेकाले ३ करोड रुपैयाँ र केही चानचुन रकमको आम्दानी मात्र मुख्यमन्त्री कार्यालयमा छ । बाँकी अन्य व्यक्ति र निकायबाट आएको आर्थिक सहयोगको हिसाब नै मुख्यमन्त्री कार्यालयसँग छैन ।

प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी समेत रहेका लेखा अधिकृत महेन्द्र मण्डलका अनुसार सबै मन्त्रालयको साझा खाताको रुपमा रहेको विविध खातामा २०७६ सालको असार मसान्तसम्ममा मुख्यमन्त्री कार्यालयको नाममा मात्रै ४ करोड ८६ लाख ५० हजार रुपैयाँ आम्दानी भएको छ । जसमध्ये २०७६ सालको असार ४ गतेसम्ममा २ करोड ५० लाख ८० हजार १ सय ९२ रुपैयाँ खातामा बाँकी रहेको देखिएको छ । बाँकी मितिको आम्दानी समेत बाँध्न बाँकी नै रहेकाले उल्लेखित रकम नै अन्तिम भने नभएको मण्डलले बताए ।

२०७४ फागुन महिनामा ४ करोड ८६ लाख ५० हजार रुपैयाँ मौज्दात राखेर मुख्यमन्त्री राहत कोष स्थापना गरिएको थियो । खाताबाट मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई राहत रकम दिने गरिएको थियो । 

मुख्यमन्त्री कार्यालयले हालसम्म बारा र पर्साको हावाहुरीबाट ज्यान गुमाउनुपरेका २४ जनालाई जनही ३ लाख २५ हजार रुपैयाँका दरले ७८ लाख रुपैयाँ राहत स्वरूप वितरण गरेको छ । हावाहुरीका घाइतेलाई वीरगञ्जस्थित अस्पतालले उपचार गरेबापत उपचार खर्च दिएको छ ।

मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत यादवका अनुसार नेसनल मेडिकल कलेज वीरगञ्जलाई ३१ लाख र वीरगञ्ज हेल्थ केयर सेन्टरलाई १० लाख रुपैयाँ दिइएको छ । ती अस्पतालले घाइतेलाई उपचार गरेको दाबी गर्दै बिल समेत प्रस्तुत गरेको आधारमा उपचार खर्च दिइएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x