भीमप्रसाद गुरागाईंको 'ती दिनहरू' विमोचन

भदौ १३, २०७६

काठमाडौं- लेखक भीमप्रसाद गुरागाईंको आत्मकथा 'ती' दिनहरू विमोचन गरिएको छ । 

शुक्रवार ललितपुरको झम्सिखेलमा एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो । 


ADVERTISEMENT

विमोचन समारोहमा बोल्दै लेखक गुरागाईंले आफ्नो जीवनकालमा भोगेको कुराहरूलाई पुस्तकमा प्रस्तुत गरिएको बताए । उनले भने, 'जीवनका उकालीओराली, भञ्याङचौतारीका कुराहरू पुस्तकमा लेखिएको छ ।'

८८ वर्षीय गुरागाईंको पुस्तक विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार भैरव रिसालले आफू र गुरागाईंबीच भएको भेटलाई स्मरण गर्दै त्यसलाई पुस्तकमा उत्कृष्ट ढंगले उनिएको बताए । 

लेखक गुरागाईंको मस्तिष्कस्रावको शल्यक्रिया गरेका डा. बसन्त पन्तले गुरागाईंले जे देख्नुभयो, त्यही लेख्नुभयो । उनले भने, 'पुस्तकमा कुनै बायसनेस पाइन्नँ ।'

उनले अग्रजहरूको जीवनको आरोहअवरोहका बारेमा किताब लेखिनु निकै सह्रानीय काम भएको बताए । 

अर्का डाक्टर सरोज धितालले किताब अद्भूत भएको उल्लेख गरे । उनले भने, 'त्यतिबेलाको संस्कृति, अर्थ, व्यापार र मान्छेका जीवन र सपनाका बारेमा सबैकुरा पाइन्छ ।'

पुस्तकलाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य ३ सय रुपैयाँ राखिएको छ । 

 

 

भदौ १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस