बालक हत्याका दोषीलाई सर्वोच्चले रिहाको फैसला सनाएपछि....

भदौ १९, २०७६

काठमाडौँ । गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार साहका परिवारले सर्वोच्च अदालतले घट्नाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले न्यायका लागि सरकार, आम नागरिक, सर्वोच्च अदालतलगायत सबैसँग अपिल गरेको छ । उनीहरुले दोषीमाथि कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरे । 
पत्रकार सम्मेलनमा बालककी आमा बबिता देवीले छोराको हत्यारालाई कारबाही नभए आफू सर्वोच्च अदालतको गेटमा अनसन बस्ने चेतावनी दिइन् । 
छोराको हत्यारामाथि कारबाही नभएसम्म आफू चुप नलाग्ने पनि उनले बताइन् । उनले भनिन्–‘एउटी आमाको काखबाट १२ वर्षको छोरालाई खोसेर लगी हत्या गरिँदा हत्यारालाई किन छाडियो ?’ उनले आमाको आँशुले हत्यारालाई मात्र नभई हत्यारालाई प्रश्रय दिनेलाई समेत पोल्ने बताइन् ।

दिलिप कुमार शाहको १२ वर्षीय छोरा युवराजकुमार साहलाई २०७५ जेष्ठ २६ मा रौतहटको कटहरिया ९ स्थित् घरबाट अपहरण गरी एक करोड फिरौती मागी भोलिपल्ट विभत्स हत्या गरिएको थियो । घट्नामा १७ जना दोषी पाइएकामा १२ जना पक्राउ परेका थिए भने पाँच जना हालसम्म फरार छन् । 
पत्रकार सम्मेलनमा युवराजका पिता दिलिपकुमार साहले घट्नाको प्रकृति, ‘कल–डिटेल, अभियुक्तहरुको बयानलगायतका प्रमाणका आधारमा अभियुक्तहरुविरुद्ध सरकारले मुद्दा दायर गरेकोमा जिल्ला अदालत रौतहटले सबै अभियुक्तलाई दोषी ठहर गरेको, विशेष अदालतले चार जनालाई धरौटीमा रिहा गर्ने फैसला गरेको र सर्वोच्च अदालतले चार जनालाई छाड्ने फैसला सदर गरी थप दुई जनालाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाए । 


ADVERTISEMENT

भदौ १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस