पाकिस्तानमा हिन्दू प्रधानाध्यापकविरुद्ध ईशनिन्दाको आरोप

भदौ ३०, २०७६

काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तको एक विद्यालयका हिन्दू प्रधानाध्यापकलाई ईशनिन्दाको आरोपमा आइतवार पक्राउ गरिएको छ । 

सिन्ध पब्लिक स्कूलका प्रधानाध्यापक नोटल मलका विरुद्ध एक विद्यार्थीका पिता अब्दुल अजीजले शनिवार उजुरी दर्ता गरेका थिए । ईशनिन्दाको घटना सार्वजनिक भएपछि भीडले विद्यालय र हिन्दू मन्दिर तोडफोड गरेको थियो । 


ADVERTISEMENT

घटना सिन्ध प्रान्तको घोटकी शहरमा भएको हो । एसएसपी फर्रुख र्लजरले कानून व्यवस्था कायम रहेको बताएका छन् । हिंसा बढेपछि मानिसहरूको मागबमोजिम प्रधानाध्यापकलाई पक्राउ गरेर विद्यालय बन्द गरिएको छ । 

सुरक्षा कारणले प्रधानाध्यापकलाई सुरक्षित स्थानमा राखिएको छ । 

यसअघि पनि एक ईसाई महिला असिया बीबीमाथि ईशनिन्दाको आरोप लागेको थियो । सन् २०१० मा उनलाई दोषी ठहर गरिएर मृत्युदण्ड दिइएको थियो । तर सन् २०१८ को नोभेम्बर महिनामा असियालाई सर्वोच्च अदालतले सफाइ दिएको थियो । असिया अहिले परिवारसँग क्यानडा बस्छिन् ।

एजेन्सी
 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस