×

NMB BANK
NIC ASIA

६० वर्षअघि मारिएका स्कीयरहरूलाई यतीले मारेको हुनसक्ने दाबी (भिडियो)

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – साठी वर्षअघि रुसमा देशव्यापी स्की दौड गरिरहेका स्कीयरहरूको मृत्युका लागि यती जिम्मेवार रहेको संकेत एक चिकित्सकले दिएको एक पत्रिकाले दाबी गरेको छ । 

Muktinath Bank

ती स्कीखेलाडीहरू युराल पर्वतको ड्याटलोभ पास हुँदै स्की गरिरहँदा मारिएका थिए । उनीहरूलाई केले चोटपटक लगाएको हो भन्ने थाहा हुन सकेको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही पीडितहरूको खप्पर फुटेको थियो अनि छातीमा चोटपटक लागेको थियो । दुईजनाको जिभ्रो र आँखाहरू गायब थिए । 


Advertisment
Nabil box
Kumari

अन्य चाहिँ कुनै एक अज्ञात शक्तिको डरका कारण टेन्टबाट भागेपछि हाइपोथर्मियाका कारण बितेका थिए । टेन्टबाट भाग्दा उनीहरू मोजा र अन्डरवेयरमा मात्र थिए । 

Vianet communication
Laxmi Bank

अहिले आएर कोम्मोसोमोल्सकाया प्राव्दा पत्रिकाले यतीले ती स्कीयरहरूलाई चोटपटक लगाएको हुन सक्ने लेखेको छ । 

पत्रिकामा प्रख्यात चिकित्सकको नाम खुलाइएको छैन तर तिनले सेमेन र ल्युडमिला नाम गरेका स्कीयरहरूलाई कुनै ठूलो प्राणीले छाती थिचेका कारण करङ भाँचिएको दाबी गरेका थिए । 

‘आफूलाई अरूले उडाउलान् भनी प्रख्यात चिकित्सकले नाम सार्वजनिक गर्न नमानेका हुन्,’ पत्रिकाले खोजी समाचारमा उल्लेख गर्‍यो । 

उक्त क्षेत्रमा पाइने विशाल जनावर भनेको खैरो भालु हो तर उक्त घटना फेब्रुअरी महिनामा भएकाले भालु हाइबरनेसनमा (सुत्न गएको) हुन्छ । 

ती स्कीयरहरूले यतीको बारेमा जान्न चाहिँ चाहेका थिए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x