बक्स अफिसमा 'वार'को धमाका, तोड्यो रेकर्ड

असोज १८, २०७६

काठमाडौं – बलिउड अभिनेता टाइगर श्रौफ र ऋतिक रोशन स्टारर चलचित्र ‘वार’ बक्स अफिसमा निकै राम्रो व्यापार गर्न सफल भएको छ ।

२ अक्टूबरमा सिनेमाघरमा सार्वजनिक भएको यस चलचित्रले पहिलो दिन भारतमा मात्रै ५३ करोड ३५ लाख रुपैयाँ कमाएको छ । यसमध्ये ५१ करोड ६० लाख रुपैयाँको व्यापार चलचित्रको हिन्दी भर्सनले मात्रै कमाई गरेको छ । यससँगै चलचित्र ‘वार’ यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बनेको  छ । 


ADVERTISEMENT

तुलनात्मक रुपमा यस चलचित्रले पहिलो दिन भारतमा ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । मिशन मंगलले पहिलो दिन २९ करोड १६ लाख रुपैयाँ कमाएको थियो भने साहोको हिन्दी भर्सनले पहिलो दिनमा २४ करोड ४० लाख रुपैयाँ कमाएको थियो । 

भारतमा ४ हजार सिनेमा हलबाट रिलीज भएको यस चलचित्र विदेशमा भने १ हजार ३ सय ५० सिनेमा हलबाट रिलिज भएको छ । अहिले यस चलचित्र २ सय सिनेमा हलबाट प्रदर्शन भैरहेको छ । 

पहिलो दिन यस चलचित्रले ५१ करोड ६० लाख कमाएको थियो भने दोस्रो दिन २३ करोड १० लाख कमाउन सफल भयो । 

ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरेको तथ्यांकअनुसार, चलचित्रको हिन्दी भर्सनले शुक्रवार २१ करोड ३० लाख रुपैयाँ र तेलुगू–तमिल भर्सनले १ करोड १५ लाख रुपैयाँ कमाई गरेको छ ।


 

 

असोज १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार