×

NMB BANK
NIC ASIA

आलम आतंक : १२ वर्षपछि आलम पक्राउ, १५ जनाको दरबन्दी भएकाे इलाका प्रहरी कार्यालयमा ९० प्रहरी खटाइयाे

असोज ३०, २०७६

NTC
Premier Steels

काठमाडौं –   रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ । हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६:१५ मा भएको थियो बम विस्फोट । 

Muktinath Bank

१२ वर्षपछि बुधबार अपराह्न नयाँ पत्रिका टिम सो गाउँ पुग्दा सन्नाटा थियो । इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए । १५ जनाको दरबन्दी भएको कार्यालय ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासमा मोहम्मद अफ्ताव आलमको ‘आतंक’ भएको सो क्षेत्रमा प्रहरी पनि सानो समूहमा हिँड्न डराउँछन् । अझ उनलाई गिरफ्तार गरेपछि सो क्षेत्रमा अशान्ति मच्चिने र प्रहरी कार्यालयमा समेत आक्रमण हुन सक्ने आशंकाले प्रशासनले प्रहरीको फौज बढाएको थियो । प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएका छन् । अझ पक्राउ गर्दा त राज्यले ठूलै जोखिम लिएजस्तो अवस्था थियो । किनकि उनलाई पक्राउ गर्ने नेपाल प्रहरीको टोलीलाई साथ दिन सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि ‘स्ट्यान्डबाई’ थियो । 


Advertisment
Nabil box
Kumari

चुनावमा जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न तयार पारिएको बम अचानक विस्फोट भएपछि घाइतेलाई उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न बम बनाउनेहरूलाई नै जिउँदै इँटाभट्टामा हालिएको थियो । तर, यति ठूलो अपराध पनि तत्काल लुकाउन आलम सफल भए । त्यति मात्र होइन, उनले ०६४ को संविधानसभा निर्वाचन जितेपछि उनको ‘आतंक’ जिल्लामा झन बढ्यो । किनकि उनी सांसद मात्र होइन मन्त्री पनि बने । ०६६ मा माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्री भएपछि उनले कानुनलाई पनि कब्जामा लिए । 

Vianet communication

मृतकका परिवार सर्वोच्च अदालतसम्म पुग्न खोजेपछि तत्कालीन महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नै अघि बढाउन नसकिने भन्दै निवेदन खारेज गरिएको थियो । तर, घटनाबारे अनुसन्धान गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन परेपछि तत्कालीन न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले घटनालाई गम्भीर प्रकृतिको भन्दै प्रमाण बुझ्न आदेश दिएको थियो । १३ जेठ ०६९ मा सर्वोच्चले दिएको सो आदेशपछि थप प्रमाण बुझी कानुनअनुसार कारबाही गर्न निर्देशन दियो ।   नयाँ पत्रिकामा विस्तर्त खबर छापिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x