मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
इस्लामावाद- युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ ।
‘सफल यूवा (कामयाव नौजवान) कार्यक्रम’ नाम दिइएको उक्त आयोजनाले यूवाहरूलाई स्रोत तथा अवसर प्रदान गर्ने सरकारी अधिकारीहरूले बताएका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कार्यक्रमअन्तर्गत यूवाहरूलाई कुनै उद्यम सञ्चालनका लागि ऋण उपलब्ध गराइने, शैक्षिक तथा सीप विकासका अवसर दिइने र यूवा वेरोजगारसम्बन्धी समस्यालाई सम्बोधन गरी मुलुकको गरिबी नियन्त्रण र अर्थतन्त्र विकासमा टेवा पु¥याउने बताइएको छ ।
“कार्यक्रम यूवाहरूलाई आर्थिकरूपमा स्वतन्त्र बनाउन र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई महत्व दिन कोसेढुङ्गा सावित हुनेछ,” पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कार्यक्रमको उद्घाटन गर्दै इश्लामावादमा बिहीबार बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यक्रमले उद्यमका लागि यूवाहरूलाई विभिन्न तीन तहमा ऋण दिनेछ । ऋण ब्याजरहित, छुट तथा नियमित हुनेछ । यस योजनाले मुलुकका विभिन्न शहर तथा ग्रामिण इलाकामा १०० वटा स्मार्ट प्रयोगशाला निर्माण गरिनेछ र यी प्रयोगशालाले यूवाहरूलाई आधुनिक सीप दिनेछ ।”
“सरकारले शुरूमा विभिन्न २५ हजार व्यक्तिलाई प्रशिक्षण दिने र रोजगारीको ग्यारेन्टी गर्नेछ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई विकासको मुलधारमा ल्याउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान गराउनका लागि सरकारले ५०० भन्दा बढी सीप प्रयोगशाला स्थापना गर्ने र उनीहरूलाई सीप सिकाउने सरकारले बताएको छ । कार्यक्रमबाट करिब १० लाख यूवाहरूले लाभ लिने बताइएको छ ।
ऋण दिँदा पाकिस्तानको सरकारी सुविधाबाट बञ्चित ४५ जिल्लालाई प्राथमिकता दिइने कार्यक्रमको उद्देश्य रहेको छ ।
स्थानीय विश्लेषकहरूले यूवाको वेरोजगारी समस्या समाधान गर्न र मुलुकमा आर्थिक सुधार ल्याउनका लागि कार्यक्रम प्रभावकारी हुने भन्दै सरकारको प्रसंशा गरेका छन् । कार्यक्रमले यूवालाई आर्थिक अभावमा केही गर्न नसक्ने अवस्थाबाट छुटकारा दिलाउने र देशको मुद्रा स्फीति तथा बेरोजगार समस्यामा सहयोगी सिद्ध हुने उनीहरूको भनाई छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...