मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
काठमाडौं –कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका हुन् ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए । १२ वर्षअघिको मुद्दा ब्युँताएर सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र गरेको भन्दै आलमको बचाउमा अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भएको थियो । शनिबार विज्ञप्ति निकालेर देउवाले अघिल्लो दिनको आफ्नो अभिव्यक्ति सच्याएका हुन् । ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’
देउवाले विज्ञप्तिमा कानुनी राज्यमा विश्वास गर्ने पार्टीले जरुरी अनुसन्धानको विपक्षीमा उभिन नसक्ने प्रस्ट पारेका छन् । ‘मोहम्मद आफताव आलममाथिको मुद्दामा पूर्वाग्रह र दबाबबाट मुक्त रहेर अनुसन्धान गर्ने कार्यमा कांग्रेसको सहयोग रहन्छ,’ देउवाले भनेका छन्, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रस्ट मान्यता म सार्वजनिक रूपले प्रस्ट्याउन चाहन्छु ।’ कान्तिपुर दैनिकमा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...