×

NMB BANK
NIC ASIA

गण्डकीको नीति कार्यक्रममा कृषि : एक पालिका एक उत्पादन

जेठ १९, २०७७

NTC
Premier Steels

गण्डकी प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषितर्फ ‘एक पालिका एक उत्पादन’ कार्यक्रममा जोड दिएको छ ।

Muktinath Bank

    प्रदेश प्रमुख अमिक शेरचनले सभामा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि नीति तथा गुरुयोजना तर्जुमा गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य उत्पादनमा आत्मनिर्भर बन्न उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाईं विस्तार गर्ने उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    नमूना कृषि गाउँ कार्यक्रम प्रभावकारी बनाउने, कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, एक सहकारी एक उत्पादन, खेतीयोग्य जमीनमा वर्षभरि नै सिँचाइ सुविधा, पशु रोग नियन्त्रणका लागि खोप बैंक, प्रदेश र स्थानीय तहको सहकार्यमा खाद्य बैंक स्थापना तथा जमीन चक्लाबन्दी कार्यक्रम सरकारको प्राथमिकतामा परेका छन् । 


Advertisment
Nabil box
Kumari

    एक पालिका एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका ८५ वटै स्थानीय तहमा एक÷एक नमूना कृषि उत्पादनका लागि विभिन्न बाली, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गर्ने सरकारको योजना छ । 

Vianet communication

    त्यसैगरी जलवायु अनुकूलित प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ । 

    आर्थिक वर्ष २०७५÷७६ को पहिलो नीति कार्यक्रममा सरकारले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रमा एक÷एक नमूना कृषि गाउँ बनाउने कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई चालू आवमा विस्तार गरी थप ३६ वटा गाउँमा कार्यक्रम शुरु गरिएको छ ।

    गुणस्तरीय उत्पादन सुनिश्चित गर्न पशु नश्ल स्रोत केन्द्र विकास गर्ने, डिजिटल प्रविधिबाट कृषि तथा पशुपक्षीको तथ्याङ्क अद्यावधिक गर्ने र नमूना क्षेत्र छनोट गरी कृषकको वर्गीकरण तथा परिचयपत्र उपलब्ध गराउने कार्यको थालनी गरिने नीति कार्यक्रममा उल्लेख छ ।

    स्याउ उत्पादनमा आत्मनिर्भर हुन मनाङ, मुस्ताङ तथा गोरखाका धार्चे र चुमनुब्रीमा उच्च घनत्वमा आधारित स्याउ खेती र प्रविधियुक्त स्याउ नर्सरी स्थापना गरी ‘स्याउ सुपर जोन’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

    बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण, नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपक्षी बीमा कार्यक्रम विस्तार र स्थानीय तहसँगको सहकार्यमा बाँझो जग्गाको लगत सङ्कलन गरी उपयोग गर्ने नीति सरकारले लिएको छ ।

    सहकारी, सामूहिक, करार तथा व्यावसायिक खेती गर्न प्रोत्साहन, जग्गा एकीकरण तथा चक्लाबन्दी कार्यक्रमलाई थप विस्तार गर्ने प्रस्तुत नीति कार्यक्रममा व्यवस्था गरिएको छ ।

    कृषि तथा पशुपक्षीजन्य उपजको बजारीकरणलाई सहज र व्यवस्थित गर्न प्रशोधन केन्द्र, शीत भण्डार र चिस्यान केन्द्र, मासुजन्य पदार्थमा गुणस्तर कायम गर्न आधुनिक पशु बधस्थल तथा बधशाला स्थापना सहयोग कार्यक्रमलाई आगामी वर्षसमेत निरन्तरता दिइने भएको छ ।

    मुख्य कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, प्रदेशभित्रका कृषि उपज थोक बजारको कारोवार तथा मूल्यसम्बन्धी सूचना प्रणालीको विकास र कृषि उत्पादनको बजार सुनिश्चितताका लागि कृषक र व्यापारीबीच अग्रिम करार गरिने कार्यक्रममा उल्लेख छ ।

    बीउबिजन, माटो तथा बाली संरक्षण प्रयोगशालालाई सुदृढीकरण, तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई पशुपक्षी रोग नियमनसम्बन्धी कार्यसमेत सञ्चालन गर्ने गरी प्रयोगशालामा स्तरोन्नति गरिने भएको छ ।

    दूध तथा दुग्धजन्य पदार्थको प्रवद्र्धन गर्न प्रादेशिक दुग्ध नीति तर्जुमा, प्रदेश दुग्ध विकास बोर्डलाई क्रियाशील बनाउने र सङ्घीय सरकारसँगको सहमतिमा स्वदेशी तथा विदेशी उन्नत नश्लको गाई र प्रविधि भित्र्याई प्रदेशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने सरकारको योजना छ ।

    उन्नत गाईभैँसीको स्रोत केन्द्रको विकास गर्ने, बाच्छा÷बाच्छी, पाडा÷पाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ । दूध र मासुको उत्पादन वृद्धि गर्न ‘पार्कोट’ र ‘लिम’ जस्ता रैथाने जातका भैँसीपालन कार्यक्रमलाई विशेष प्राथमिकता, कृषि बाली तथा पशुपक्षीको नयाँ प्रजातिको विकास गर्न अनुसन्धान कार्य अगाडि बढाउने सरकारको योजना छ ।

    पशु रोग नियन्त्रणका लागि खोप बैंक स्थापना र बृहत् खोप कार्यक्रम सञ्चालन गरी पशुको पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने तथा जुनोटिक तथा महामारीका रूपमा फैलिने पशुपक्षीजन्य रोगको इपिडेमियोलोजिकल अध्ययन गर्ने रोकथाम र नियन्त्रणका लागि एकीकृत स्वास्थ्य नीति अवलम्बन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
    
    खाद्यान्न आपूर्ति सुनिश्चित गर्न प्रदेश र स्थानीय तहमा खाद्य बैंक स्थापना गर्न नेपाल सरकार र स्थानीय तहसँग सहकार्य गर्ने, सिँचाइ सुविधाका लागि प्रदेश सिँचाइ गुरुयोजना तर्जुमा गर्ने, सिँचाइ योजनाको स्तरोन्नति, गरी खेतीयोग्य जमीनमा वर्षभरि नै सिँचाइ सुविधा पु¥याउने कार्यक्रमलाई निरन्तरता दिने सरकारले योजना छ ।

    प्रदेशस्तरीय भू–उपयोग योजना तयार गर्ने, निजी  गुठी, सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक तथा व्यवस्थित गर्ने सरकारको योजना छ । एक सहकारी एक उत्पादन, बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाले कृषि उत्पादन तथा प्रशोधनका क्षेत्रमा कम्तीमा ३० प्रतिशत लगानी र  सहकारीमा आबद्ध गरिब, विपन्न, सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्ति र महिला सहकारी संस्थालाई लक्ष्य गरी विशेष कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x