अन्य ग्रहका प्राणी खोज्नका लागि चीनले बनायो विशाल टेलिस्कोप

चीनले अन्य ग्रहमा रहेका प्राणीहरू खोज्नका लागि संसारकै सबभन्दा विशाल रेडियो टेलिस्कोप बनाएको छ र सेप्टेम्बर महिनादेखि त्यो अन्लाइन हुनेछ । अन्य ग्रहमा बसोबास गर्न सकिने सम्भावनालाई पनि यसले अनुसन्धान गर्नेछ । 

पाँचसय मिटर आयतन भएको एपेरचर स्फेरिकल टेलिस्कोपले आकाशको विशाल क्षेत्रलाई समेट्नेछ तथा सूक्ष्म जानकारीहरू संकलन गर्नेछ । ब्रह्माण्डमा जीवनको खोजी गरिरहेका वैज्ञानिकहरूलाई यसले आशावादी बनाएको छ । 


Advertisement

बेइजिङ नर्मल विश्वविद्यालयका खगोलविद् झाङ तोङ्जी यस टेलिस्कोप परियोजनाका प्रमुख वैज्ञानिक हुन् । उनका अनुसार, धेरैथरी न्यारोब्यान्ड संकेतहरू पाइएकाले अन्य ग्रहमा पनि प्राणी हुनसक्ने सम्भावना देखिएको छ र उनको टोली त्यसमा थप अनुसन्धान गर्न उत्सुक छ । 

१६ हजार फीट अग्लो टेलिस्कोप बनाउनका लागि चिनियाँ सरकारले सन् १९९४ मा पहिलोपटक प्रस्ताव गरेको थियो । यसको निर्माणका लागि फन्डिङ सन् २००७ मा दिइएको थियो । 


Advertisement

टेलिस्कोपमा ४५ सयवटा त्रिकोणात्मक प्यानलहरू छन् । यसमा ३३ टनको रेटिना डिभाइस छ । 

यो टेलिस्कोप गुइचो प्रान्तको पिङताङ काउन्टीमा राखिएको छ । यो बनाउनका लागि लगभग २७ करोड डलर खर्च भएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्